Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

चाडपर्वलाई लक्षित गरी अनुगमनलाई तीव्रता

रासस

विरगञ्ज । आउँदै गरेका बडादसैँ, तिहार छठलगायत चाडपर्वलाई लक्षित गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागअन्तर्गतका कार्यालयले पसल अनुगमनलाई तीव्रता दिएको छ । 

विभागअन्तर्गत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले आवश्यकताका आधारमा कार्य क्षेत्रभित्र पर्ने विभिन्न जिल्लाका विभिन्न खाद्यन्न पसलमा अनुगमनलाई तीव्रता दिएको जनाएको छ । प्रदेश नं २ का आठ जिल्लासहित मकवानपुर र चितवन सो कार्यालयको कार्यक्षेत्र रहेको बताइएको छ । 

पछिल्लो पटक चाडबाड लक्षित गरी पर्सा, बारा र चितवन जिल्लामा अनुगमनलाई थप तीव्रता दिएको कार्यालयका प्रमुख जीतबहादुर भण्डारीले जानकारी दिए  । अनुगमनका क्रममा अधिकांश पसलेले खरिदबिक्री देखाउन नसक्ने, अन्य कागजपत्र देखाउन नसक्ने, मूल्यसूची सार्वजनीक नगरी बढी मूल्यमा सामग्री बिक्री गर्ने र म्याद गिज्रिएको सामग्री बिक्री गर्ने गरेको पाइएको छ ।

उक्त पसलेलाई नियमानुुसार कारवाही गरिँदै आएको कार्यालयले जनाएको छ । चाडबाडको बेला वीरगञ्ज बजारमा म्याद गुज्रिएका सामग्री नयाँ स्टिकर लगाएर बिक्री गर्ने गरेको पाइएको बताइएको छ । कोरोना महामारीका कारण लामो समयसम्म ब्यापार नभएका व्यापारी चाडबाडको मौकामा म्याद गुज्रिएका खाद्यान्न सामग्री बिक्री गर्ने गरेको र त्यस्ता पसललाई आवश्यक कानुनी कारवाही गर्दै आएको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, चकलेट, बनभिटा, चिउरा, भुजियालगायतका खाद्य वस्तु र पेयपदार्थमा रिएलजुस कोकोकोला फ्यान्टा, बोटलको पानीलगायतका म्याद नाघेका सामग्री फेला परेको थियो । 

उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने, बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा तत्काल रु पाँच हजारदेखि रु तीन लाख जरिवाना गर्नसक्ने व्यवस्था छ भने तीन महिनादेखि एक वर्षसम्म कैद जरिवाना हुने व्यवस्था छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy