Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

मिथिलामा नवरात्रको रमझम सुरु

रासस

महोत्तरी ।  महोत्तरीसहित मिथिलाक्षेत्रमा दशहारा (बडादसैँ) पर्वको नवरात्र सुरु भएसँगै चहलपहल ह्वात्तै बढेको छ । नवरात्र प्रारम्भसँगै जताततै दशहारा पर्वको रमझम बढेको हो ।

नवरात्रको पहिलो दिन आज मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्रा आयोजना गरिएका छन् । कन्या कुमारी (अविवाहित किशोरी) ले आज धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने मिथिला परम्परा छ ।  

यस क्रममा महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिवास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाईस्थित सोनामाई माई मन्दिर, जलेश्वर नगरपालिका–१ स्थित सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याले रातु नदी तथा लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड एवं भार्गवसरलगायत धार्मिक महत्वका तलाउबाट नयाँ शुुद्ध घडामा भरेका पवित्र जल कलश यात्रासहित मन्दिर परिसरमा पुर्‍याउँदैछन् । 

घटस्थापना असोज शुक्ल प्रतिपदामा हुने र यसपालि बुधबार साँझ नै यो तिथि प्रारम्भ भएको हुँदा अन्य नक्षत्रादिको भोग अवस्थाले आज बिहान ८:१५ बजेभित्र नै यो कार्य सम्पन्न गर्न उत्तम हुने कर्मकाण्डका ज्ञाता बर्दिवास–२ का बासिन्दा पण्डित महेशकुमार झा बताए । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको आधारमा शुभ मुहुर्त पहिल्याउने परम्परा छ ।
 
यसबाहेक पर्वविशेषमा यस क्षेत्रका विभिन्न ठाउँमा बनाइएका देवी  प्रतिमास्थलमा पनि आज कलशयात्रासँगै घटस्थापना सम्पन्न गरिदै छ । आजै मन्दिरमा जौ, तिल, गहुँ, धान, मकैसहितको जमरासमेत राखिने प। झा बताए । पर्वका अवसरमा मिथिलाका गाउँ/नगर बस्तीका कैयौँ ठाउँमा देवी प्रतिमा बनाइएका छन् ।  

खासमा प्रदेश नं २ का मिथिलाक्षेत्रमा सप्तरीका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर (परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कूलदेवी मानिएको) र बाराको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रुपमा पूजित छन् । नवरात्र प्रारम्भसँगै जताततै देवी दुर्गाका भजन गुञ्जिन थालेका छन् । हिन्दू परम्पराका सबै मैथिल घर परिवारमा देवीको पूजाअर्चना गरिने र चण्डीपाठ गरिने परम्परा छ । दसँै प्रारम्भसँगै महोत्तरीका गाउँ/नगर बस्तीमा धमाधम पिङ गाड्ने तयारीमा युवा पुस्ता लागेका छन् ।

दशहारा पर्वमा ‘दुर्गा मेला’ आयोजना गरिने मैथिल परम्परा भए पनि गत वर्षजस्तै यसपालि पनि कोभिड–१९ महाब्याधिको सङ्क्रमण पूर्ण नियन्त्रण नभएको हुँदा महोत्तरीसहितका प्रदेश नं २ का आठवटै जिल्ला प्रशासन कार्यालयले भीडभाड नगर्न, हुलमूलमा नजान र आफ्नै घर परिवेशमा पर्व मनाउन जनसमुदायसँग आग्रह गरेका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies