Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

दसैँसँगै महँगी बढ्यो, बजारमा रौनक बढेन

रासस

गलेश्वर । आजबाट दसैँ सुरु भएको छ । दसैँ शुरु भइसक्दा पनि बजारमा सामान किनमेल गर्नेको चहलपहल बढ्न सकेको छैन तर सामानको मूल्य भने बढ्न थालेको छ ।

विगत दुई वर्ष अघिसम्म दसैँ सुरु हुनुभन्दा १५/२० दिन अघिदेखि नै भीडभाड लाग्ने म्याग्दीको सदरमुकाम बेनी बजारका पसलमा दसैँं सुरु भइसक्दा पनि कुनै रौनक नदेखिएको व्यापारी बताउँछन् । कोरोना भाइरस सङ्क्रमणको त्रास र आम उपभोक्तासँग आम्दानी कम भएकाले अत्यावश्यक सामानबाहेक अन्य सामान खरिद गर्नेको सङ्ख्या कम भएपछि व्यापार बढ्न नसकेको व्यापारीको भनाइ छ ।

सधैँ भीडभाड हुने न्यूरोड, इन्द्रणी टोल, क्याम्पस चोक, पिपलचोक, कालीपुल, सङ्गमचोक र बालमन्दिर चोकलगायत जिल्लाका ग्रामीण बजारमा सामान किनमेल गर्ने ग्राहकको सङ्ख्या अझै बढ्न सकेको छैन । दसैँ आइसक्दासमेत खासै व्यापार बढ्न नसकेको व्यापारीले बताए । रेडक्रस मार्गको कपडा पसलका सञ्चालक प्रकाश सापकोटाले यो वर्ष खासै लत्ताकपडाको कारोबार बढ्न नसकेको बताए । “दसैँको बेला अन्य मौसमको तुलनामा दोब्बर/तेब्बर कारोबार हुने गरेको थियो”, उनले भने, “यो वर्ष नयाँ कपडा नआएको र कोभिडका कारणले गर्दा आम मानिससँग आम्दानी कम हुँदा आवश्यक पर्नेले मात्र सामान किन्ने गरेकाले पनि व्यापार राम्रो छैन ।”

व्यवसायीका अनुसार एक वर्षमा हुने कारोबारमध्ये दसैँमा मात्र करिब ४० प्रतिशत कारोबार हुन्छ । दसैँमा मीठो खाने, नयाँ लुगा लगाउने चलन भएकाले पनि यही समयमा व्यापार ह्वात्तै बढने गर्दथ्यो । तर यो वर्ष व्यापार सामान्य भए पनि विगतका वर्षको अनुपातमा हुन नसकेको सापकोटाले जानकारी दिए  ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अनुसार बेनीमा करिब दुई हजार पसल दर्ता भएका छन् । चाडपर्वको बेला खाद्यवस्तु, सवारीसाधनदेखि लत्ताकपडाको व्यापार यतिबेला बढी हुनेगर्छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष उत्तम कर्माचार्यले पनि यो वर्ष दसैँको सामान किनमेल गर्नेको खासै चहलपहल नबढेको बताए । दसैँमा सबैले नयाँ कपडा लगाउने भएकाले लत्ताकपडाको मात्रै करिब ७५ प्रतिशत कारोबार हुने व्यापारीले बताएका छन् । कोभिडका कारण गतवर्ष चाडबाडका बेला बजार ठप्प भए पनि यसपाली भने केही व्यापार भइरहेको व्यवसायीको भनाइ छ ।

चाडबाडमा कारोबार राम्रो हुने भए पनि कपडाको भाउ महँङ्गिएको व्यवसायीको भनाइ छ । गतवर्ष दुई हजार हाराहारीमा पाइने कपडा यस पटक दुई हजार ५०० सम्म पर्ने बेनी पिपलचोकका व्यवसायी निर्मल खत्रीले बताए । यो वर्ष बजारमा अधिकांश सामानको मूल्य बढेको उनको भनाइ छ  । समयमै सामान आइनपुगेको र लागत मूल्य नै महँगो परेकाले मूल्य बढ्न गएको व्यापारी बताउँछन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy