Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

पिसीआर मेसिन एवं किट हस्तान्तरण

रासस
भक्तपुर । कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यल: ललितपुरले रु ८० लाख मूल्य बराबरको अत्याधुनिक पिसीआर मेसिन र किट अस्पतालमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेको छ ।
 
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी ग्लोबल ग्रान्टअन्तर्गत विभिन्न देशको रोटरी क्लबबाट सङ्कलित सहयोगबाट रु ८० लाख मूल्य बराबरको पिसीआर मेसिन एक थान, आरएनए एक्सट्र्याक्सन मेसिन एक थान र पिसीआर परीक्षण किट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई आज हस्तान्तरण गरेको हो ।
 
सो अवसरमा नगरप्रमुख श्रेष्ठले कोरोना महामारी सुरु हुँदा नेपालमा टेकु अस्पतालसँग मात्रै पिसीआर ल्याब भएकाले परीक्षणको बढ्दो चाप थेग्न नसकेको बेलामा टेकुपछिको नेपालकै दोस्रो पिसीआर ल्याब सञ्चालन गर्ने एक मात्र अस्पताल नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल भएको बताए । 
 
उनले भने, “कोरोना महामारीको बीचमा पहिलो लकडाउन भएलगत्तै हामीले पिसीआर मेसिन ल्याएर ल्याब सञ्चालनमा ल्याऔं, पिसीआर ल्याब सञ्चालन गर्ने टेकु अस्पतालपछि हाम्रो पहिलो हो, कोरोनाका दोस्रो लहरमा पनि अक्सिजन अभाव झेलिरहेकै बेलामा हामीले यस अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन गरेर अक्सिजन उत्पादन गर्ने नेपालकै पहिलो अस्पताल हुन सफल भयौँ ।”
 
यो अवधिमा यस अस्पतालले ३२ हजार जनाको पिसीआर परीक्षण गरेको बताउँदै उनले यसअघिको मेसिनले १०० जनाको परीक्षणको रिपोर्ट आउन चार घण्टा लाग्ने गरेकोमा आज आएको मेसिनले १०० जनाको रिपोर्ट २० मिनेटमै दिनसक्ने उच्च प्रविधिको भएकाले अव पिसीआर परीक्षणमा चिन्ता लिनुनपर्ने बताए ।
 
निजी क्षेत्रले पिसीआर परीक्षण शुल्क रु दुई हजारदेखि दुई हजार ५०० सम्म लिइरहेको अवस्थामा यस अस्पतालले रु एक हजारमा मात्र परीक्षण गरिरहेको भन्दै उहाँले कोरोनाको तेस्रो लहरको तयारीमा अस्पताल रहेको बताए । उनले भने, “कोरोनासँग पहिलो र दोस्रो लहरमा निकै जुँधेर थिमिका मात्रै नभइ देशभरबाट आएका बिरामीको सेवा दिन सफल भयौं, कोरोनाको तेस्रो लहर आउने विज्ञहरुले बताइरहँदा हाम्रो अस्पतालमा त्यसको तयारी गरिसकेका छौँ, १७ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष, जनशक्ति र १०२ श्ययाको अस्पताल तयारी अवस्थामा छ ।”
 
रोटरी मध्यपुरको समन्वयमा रोटरियनको सहयोगमा प्राप्त ६ वटा डायलोसिस मेसिनबाट सेवा सुरु गर्ने बताउँदै उनले रोटरी मध्यपुरले अस्पताललाई निकै सहयोग पुर्‍याएको बताए । 
 
रोटरी क्लब अफ यल:का अध्यक्ष डा सुमित्रा मानन्धरले मानवीय सेवामा धेरै काम गर्दै आएको रोटरी क्लब र मध्यपुरथिमी नगरपालिका बीचको सम्बन्ध निकै राम्रो रहेको चर्चा गरे  ।  अस्पतालमा यो मेसिन सञ्चालनका लागि जनशक्तिलाई तालिम आवश्यक रहेको औल्याउँदै मेसिनको उचित प्रयोगसँगै यसको बेलाबेलामा मर्मत सम्भार नभए अर्थ नहुने भएकाले मर्मतमा ध्यान दिन आग्रह गरे । 
 
रोटरी ग्लोबल ग्रान्टका दिलेन्द्रराज श्रेष्ठले रोटरीको सहयोगमा ललितपुरमा करिब रु दुई करोडको लागतमा पहिलो ब्लड बैंक स्थापना गरेको बताउँदै अब मुटु रोग अस्पताल निर्माणको चरणमा रहेको बताए । त्यसको लागि जग्गा प्राप्त भइसकेकाले अस्पताल निर्माणमा विभिन्न देशको रोटरी क्लबको सहयोग रहने बताए । मुटु अस्पताल निर्माणका लागि मध्यपुरथिमि नगरपालिकासमेतको रु ५० लाखको सहयोग अतुलनीय रहेको भन्दै उनले स्वाथ्य क्षेत्रमा हातेमालो गर्दै जाने बताए । 
 
कार्यक्रममा रोटरी ग्लोबल ग्रान्टका कार्यक्रम संयोजक प्रमोद सागर प्रधानले कोभिड महामारीमा ग्राण्टले धेरै देशमा सहयोग गरेको र त्यसै क्रममा नेपाललाई पनि सहयोग गर्दै आएको बताए । ग्रान्टले विभिन्न देशको स्वास्थ्य, खानेपानी र सरसफाइको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर विभिन्न देशको रोटरी क्लब र रोटरीयनको सहयोगमा सङ्कलन रकमले सहयोग गर्दै आएको उनले बताए ।
 
त्यसअवसरमा अस्पतालका कार्यकारी निर्देशक डा ज्ञानकृष्ण कायस्थले रोटरीको सहयोगलाई अस्पतालले मानवीय सेवामा नि:स्वार्थ भावनाले प्रयोग गर्दै आएको बताए । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy