Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

उपभोक्ताको ढाड सेक्ने गरी यातायातको भाडा वृद्धि गरिएकामा आपत्ति

खबरडबली संवाददाता

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरी बृद्धि गरेकामा उपभोक्ताले आपत्ति जनाएका छन् ।

चाडबाड मुखमा आम उपभोक्ताको ढाड सेक्ने गरी बिना आधार भाडा वृद्धि गरिएको ललितपुर महानगरपालिका–१० का स्थानीयवासी श्याम महर्जनले गुनासो गरे । सरकारले वैज्ञानिक भाडादर लागू गरेको भनिएपनि यातायात व्यवसायीको इच्छामा भाडा वृद्धि हुने गरेको उनले आरोप लगाए ।   भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी कात्तिक १ गतेदेखि लागू हुने जनाउँदै दसैँअघि नै भाडा बढाएको हो । कात्तिक १ गतेदेखि लागू हुने भनिए पनि बुधबार भाडा बढाएका आधारमा बिहीबारदेखि नै सार्वजनिक यातायातमा भाडा असुली हुन थालेको छ । तेइस प्रतिशतसम्म भाडा वृद्धि भएको प्रदेश सरकारले विज्ञप्तिमार्फत सार्वजनिक गरेपनि व्यवसायीले भने सके जति भाडा असुलेको यात्रु रमेश पुडासैनीले बताए । प्रदेश सरकारले भाडा वृद्धि गर्ने तर अनुगमन भने नगर्ने गैरजिम्मेवार काम गरेको उनको गुनासो छ ।

प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू गर्ने जनाउँदै असोज २० गते बुधबार २३ प्रतिशतसम्म भाडा वृद्धि गरेको हो ।व्यवसायीको इच्छामा भाडा वृद्धि गरेकाले खारेज गरिनुपर्ने यात्रु इन्द्रमाया तामाङले बताए । गत असार २७ गते अन्तर प्रदेशको भाडा वृद्धि गरिएको थियो । प्रदेशभित्र भाडा वृद्धि गर्ने अधिकार भने नयाँ संरचना अनुसार प्रदेश सरकारलाई दिइएको छ ।

प्रदेश १ सरकारले यसअघि नै भाडा समायोजन गरेको छ । अन्य प्रदेशमा सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छैन । उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेलले सार्वजनिक यातायातको क्षेत्रमा वृद्धि गरिएको भाडादर फिर्ता लिन माग गरे ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending