महोत्तरी । नक्कली नोटसहित फेरि एकजना पक्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । आज पक्राउ परेका महतोको गौशालाबजारस्थित डेराबाट रू आठ लाख ९७ हजार ४३५ नेपाली र रू दुई लाख ८० हजार ९२९ भारती नोट प्रहरीले बरामद गरेको छ ।
बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशङ्कामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले जानकारी दिए ।
पक्राउ परेका महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय पठाइएको छ । आज पक्राउ परेका महतो भारत/ नेपाल दुवैतिरका तरकारी व्यापारी रहेका र उनलाई र उनीसँग बरामद नोट जलेश्वरमै सार्वजनिक गरिने प्रहरीको तयारी छ । गौशाला र औरही बजार भारतीय बजारसँग जोडिएका जिल्लाका हुन् ।
आज बरामद नोटमध्ये कतिवटा सक्कली र कतिवटा नक्कली भन्ने एकीन गर्न बाँकी रहेपनि गत असोजमा भने हजार दरका २२ वटा नक्कली नोट रहेको पुष्टि भएको थियो । सामान्य प्रचलनमा रहेका नेपाली एकहजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङसमेत अलि फिका देखिने नक्कली नोट चासो दिने सामान्य व्यक्तिले पनि सजिलै छुट्याउन सक्ने प्रहरीको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०७९ - १३:१६
कर्णालीबाट कस्ता जडीबुटी निर्यात हुन्छन् ?
मंसिर ९ गते, २०७९ - १६:१३
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सि...
मंसिर ९ गते, २०७९ - १६:०७
रामपुर । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी भएका छन् । आचार्यले ३१ हजार एक सय तीन म...
मंसिर ९ गते, २०७९ - १५:४९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले जनताका पक्षमा एकपक्षीय भएर लाग्ने बताएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज य...
मंसिर ९ गते, २०७९ - १५:२६
तानसेन । पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन् । गैरेले २...
मंसिर ९ गते, २०७९ - १५:०९
डोटी । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा...
मंसिर ९ गते, २०७९ - १४:०१
आडेन । हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा परेर यमनको सरकार कम्तीमा पनि तीन जना सैनिक मारिएका समाचारमा जनाइएको छ ।प्राप्त समाचारअनुसार यहाँका हुथी व...
मंसिर ९ गते, २०७९ - १३:५६
रेसुङ्गा । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि...
मंसिर ९ गते, २०७९ - १३:४२
झापा । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा ९एमाले०ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्...
मंसिर ९ गते, २०७९ - १३:२५
काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ने...
प्रतिकृया लेख्नुहोस्: