Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

स्पेनका सभामुखसहितको टोलीद्वारा भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन

रासस
भक्तपुर । स्पेनको स्वायत्त प्रान्त एक्टेमदुराका सभामुख ब्लान्का मार्टिन डेलगाडोको नेतृत्वमा नेपाल भ्रमणमा आएको २४ सदस्यीय प्रतिनिधिमण्डलले आज विश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक भक्तपुरको सम्पदाको अवलोकन गरेको छ । 
 
आज साँझ भक्तपुरको दरबार स्क्वायर आइपुगेको स्पेनका प्रदेशमन्त्री, मेयर, व्यापारी सहभागी टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वाग्मती प्रदेश सभासदस्य सुरेन्द्रराज गोसाई, रजनी जोशी, सरस्वती वाटीलगायतले स्वागत गरे  । 
 
डेलगाडोसहितको टोली र बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई नगरप्रमुख प्रजापतिले खादा ओढाएर भादगाउँले टोपी लगाई पुप्पगुच्छा प्रदान गर्दै दरबार स्क्वायर गेटमा स्वागत गरेका थिए  । 
 
भक्तपुर नगरपालिकाले स्वागतस्वरूप भक्तपुर दरबार स्क्वायर डबलीमा प्रदर्शन गरेको माक प्याँख, नागचा प्याँख र जङ्गली प्याँख नाच सभामुख डेलगाडोको टोलीले रुचिपूर्वक अवलोकन गरे  । नगरपालिकाले भ्रमण टोलीलाई भक्तपुरको जुजु धौँ खुवाएको थियो । 
 
सभामुखको टोलीलाई नगरपालिकाका गौतम लासिवासहितको टोलीले दरबार स्क्वायर, पशुपतिनाथको मन्दिर, टौमढीस्थित पाँचतले मन्दिर क्षेत्रको अवलोकनका क्रममा सम्पदाका बारेमा जानकारी गराएको थियो । टौमढीस्थित पाँचतले मन्दिर डबलीमा सभामुख डेलगाडोलाई नगरप्रमुख प्रजापतिले भक्तपुरको प्रसिद्ध मयुँर झ्याल उपहारस्वरुप प्रदान गर्दै बिदाइ गरेका थिए । 
 
अपराह्न ४ बजे दरबार स्क्वायर आउने र ६ बजेसम्म भक्तपुरको अवलोकन गर्दै दत्तात्रय मन्दिरसम्म अवलोकन गराउने कार्यक्रम तय भए पनि टोली ५:१० मा मात्रै भक्तपुर आइपुगेको र ६:२० मा फर्केपछि दत्तात्रयसम्म नपुगी टौमढीबाटै बिदाइ गरिएको नगरप्रमुख प्रजापतिले जानकारी दिए  ।
 
बागमती प्रदेशसभाका सभामुख श्रेष्ठको निमन्त्रणामा सभामुख डेलगाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आगामी १६ गते स्पेन प्रस्थान गर्ने गरी छ दिने नेपाल भ्रमणमा आज काठमाडौँ आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले टोलीलाई स्वागत गरेका थिए  । 
 
टोलीले नेपाल भ्रमणका क्रममा विभिन्न विशिष्ट व्यक्तित्वसँग भेटवार्ता गर्नुका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । स्पेनी प्रतिनिधिमण्डलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ भने पाटन दरबार क्षेत्रको भ्रमणपछि भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेको हो । 
 
भ्रमण टोली नेपालमा रहँदा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा नारायण खड्का, शिक्षामन्त्री देवेन्द्र पौडेललगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies