Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

सोलु करिडोरको काम अन्तिम चरण

रासस

सोलुखुम्बु । सोलु करिडोर १३२ केभी प्रसारण लाइनको काम चाँडै सम्पन्न हुने भएको छ । आठौँ पटक म्याद थप भएको आयोजनाको काम अबको दुई महिनाभित्र सम्पन्न हुने आयोजना प्रमुख जर्नादन गौतमले बताए  ।

आयोजना प्रभावित क्षेत्रमा पर्ने उदयपुरको कटारी नगरपालिका–४ मरुवाका स्थानीयवासीले मुआब्जा बझ्न तयार भएसँगै चाँडै काम सम्पन्न हुने सम्भावना बढेको उनको  भनाइ छ । एक वर्षमा तीन पटकसम्म म्याद थप गरिएको भन्दै प्रमुख गौतमले अब चाँडै सम्पन्न हुने विश्वास व्यक्त गरे  ।

उदयपुरको मरुवा र सोलुखुम्बुको पत्तालेका प्रभावित स्थानीय जग्गाधनीको अवरोधका कारण आयोजनाको काम रोकिएको थियो । जिल्लामा देखिएको समस्या समाधानका लागि स्थलगत अनुगमनदेखि जग्गाधनीसँगको बारम्बार संवादपछि अवरोध हटेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए  । अवरोध हटेसँगै पत्ताले क्षेत्रमा बाँकी रहेको दुई किलोमिटर तार तान्ने काम सम्पन्न भएको प्रजिअ शाहीको भनाइ छ । सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङ्लासम्म ९० किलोमिटर दूरीमध्ये अब १८ किलोमिटर तार तान्ने काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

नेपाल सरकारको गौरवको आयोजना हुनका साथै जिल्लामा उत्पादन भएको विद्युत् खेर जानबाट रोक्न सक्दो प्रयास गरी जिल्लाको समस्या समाधान गरेको सोलुखुम्बुका सङ््घीय सांसद हेमकुमार राई (शुरवी)ले बताए  । जम्मा ३०२ वटा टावर निर्माण गर्नुपर्नेमा २९८ वटा सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अब बाँकी चार वटा उदयपुरको कटारी नगरपालिका–४ मरुवामा निर्माण हुनेछ ।

ऐलानी जग्गाको मुआब्जा दिनुपर्ने अडान राखेका त्यहाँका स्थानीयवासीले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । ऐलानी जग्गाको मुआब्जा दिनेसहितको सूचना सार्वजनिक भए पनि बुझ्न आउनुको सट्टा अदालतमा जाँदा विलम्ब भएको प्रमुख गौतमले बताए  ।

सोही रिट निवेदनमा सुनुवाइ गर्दै गत साउन ३२ गते सर्वोच्च अदालतले प्रभावित स्थानीयवासी जग्गाधनीलाई असोज २२ गतेसम्म मुआब्जा बुझ्न आदेश दिएको थियो । सोही आदेशअनुसार गतिरोध हटेपछि काम गर्ने वतावरण सिर्जना भए पनि धानबाली उठाउनका लागि समय मागेकाले तत्काल काम स्थगित गरिएको आयोजनाले जनाएको छ । “अब धानबाली उठाउने बेला भयो”, प्रमुख गौतमले भन्नुभयो, “तिहारपछि लगतै काम सुरु भएर ४५ दिनमा सकिन्छ ।” अदालतले असोज २२ गतेभित्र मुआब्जा बुझ्न नआएको खण्डमा काम सुरु गर्न सक्ने गरी आदेश दिएको थियो । सोही आदेशपछि स्थानीय जग्गाधनी मुआब्जा बुझ्न तयार भएका हुन् ।

अदालतको आदेशपछि मरुवा क्षेत्रमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी काम सुरु गरिएको थियो । चार वटा टावर निर्माण गर्नेस्थलमा भने धानबाली भएकाले काम स्थगित गरी बाली उठाउने समय मागिएको थियो । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी आयोजनाको काम सुरु गरेको भए पनि सामुदायिक वन क्षेत्रको रुख कटानसम्बन्धी नीतिगत जटिलता तथा स्थानीयवासीको अवरोधका कारण ढिला भएको आयोजनाले जनाएको छ ।

मुआब्जा र क्षतिपूर्तिमा करिब १५ करोड खर्च

आयोजनाको तथ्याङ्कअनुसार हालसम्म करिब रु १५ करोड मुआब्जा तथा क्षतिपूर्ति वापत खर्च भएको छ । टावर निर्माण हुने स्थलको जग्गा करिडोरको नाममा आउने हुँदा सो वापत मुआब्जा दिने र प्रसारण लाइनमा पर्ने जग्गाको भने क्षतिपूर्ति दिने व्यवस्था रहेको छ ।

तीन जिल्लामा पर्ने आयोजनाले सोलुखुम्बुमा ७७ कित्ताको सबै मुआब्जा र क्षतिपूर्ति प्रदान गरिसकेको प्रमुख गौतमले बताए  । उदयपुरमा १०२ कित्तामध्ये ५० प्रतिशत मुआब्जा वितरण भइसकेको छ भने ओखलढुङ्गाको ८२१ कित्ताको मुआब्जा तथा क्षतिपूर्ति दिन बाँकी रहेको बताइएको छ । ओखलढुङ्गामा भने निर्णय हुन बाँकी रहेको छ तर मुआब्जा र क्षतिपूर्तिमा केकति खर्च भयो भन्ने तथ्याङ्क निकाल्न बाँकी रहेको प्रमुख गौतमले बताए  । आयोजना सम्पन्न गर्दा करिब रु ४० करोड क्षतिपूर्ति तथा मुआब्जामा खर्च हुने आयोजनाको अनुमान रहेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies