Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

निष्क्रिय मनसुनले पूर्वाञ्चलमा धान उत्पादन घट्ने

\"irrigation\"१६ साउन, धनकुटा । धान रोपाइँ गर्ने समय विशेषगरी असारलाई मानिन्छ । असार तेस्रो सातासम्म धेरैजसो धान रोपाइँ सकिने गर्छ, तर साउन पनि आधा बित्दा लाग्दा पूर्वाञ्चलमा ५४ दशमलव ९ प्रतिशत मात्रै रोपाइँ भएको छ । पर्याप्त मनसुन नहुँदा धान उत्पादनमा गम्भीर असर पर्ने देखिएको छ । गत वर्ष १७ दशमलव ७३ प्रतिशतले वृद्धि भएको धान उत्पादन यो वर्ष घट्न सक्ने पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । गत वर्षभन्दा करिब १० प्रतिशत कम रोपाइँ भएको पूर्वाञ्चलको झापा, मोरङ र सुनसरीले समग्र उत्पादनको भार थेग्ने गरेको छ । जहाँ गत वर्ष प्रतिहेक्टर साढे ३ मेट्रिकटनले धान उत्पादनमा वृद्धि भएको थियोे । यस्तै, आंशिकरुपमा सप्तरी, सिराहा र उदयपुरले थेग्ने गरेको छ । जहाँ यो वर्ष सोचेजस्तो रोपाइँ हुन सकेको छैन । अौसतभन्दा ५० प्रतिशत नै कम पानी परेकाले पनि रोपाइँ प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखा काठमाडौंका मौसमविद् समीर श्रेष्ठका अनुसार ताप्लेजुङ बाहेकका अरु ठाउँमा अौसतमा ५० प्रतिशतभन्दा कम पानी परेको छ । श्रेष्ठका अनुसार ताप्लेजुङमा २ सय ५३ प्रतिशत बढी पानी परेको छ । त्यहाँ अौसतमा २ सय ९५ मिलीलीटर पानी पर्नुपर्छ । तर, रोपाइँ भने निकै कम भएको छ । ताप्लेजुङमा ३८ दशमलव ९ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । यस्तै ओखलढुंगामा ९० प्रतिशत पानी परेको छ । त्यहाँ २ सय ९८ मिलीलीटर पानी पर्नुपर्छ । मोरङमा अौसतमा ३ सय २ मिलीलीटर पानी पर्नुपर्ने मौसमविद् श्रेष्ठले बताए । यस्तै, धनकुटामा १ सय ४७ मिलीलीटर पानी पर्नुपर्छ । तर, ती स्थानहरुमा ५० प्रतिशतभन्दा माथि पानी पर्न सकेको छैन । यो जुन महिनाभित्र पानी पर्ने तथ्यांक हो । मौसमविद् श्रेष्ठका अनुसार पूर्वाञ्चलमा यो वर्ष अौसत भन्दा कम पानी परेको छ । उनलेे यसबाट रोपाइँमा मात्रै नभइ चाँडै सुख्खापन आउन सक्ने, जमिन रिचार्ज जसरी हुनुपर्थ्यो त्यो नहुँदा खानेपानीका मुहानहरु सुक्न सक्ने सम्भावना हुने बताए । पानी कम परेकै कारणले गर्दा पूर्वाञ्चलमा शुक्रबारसम्म ५४ दशमलव ९ प्रतिशत मात्रै रोपाइँ भएको छ । पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका बाली संरक्षण अधिकृत अरुण घिमिरेका अनुसार साउनको पहिलो सातासम्म गत वर्ष ५३ दशमलव १ प्रतिशत रोपाइँ सकिएको थियो । यसको मुख्य कारण पानी नपर्नु नै रहेको बताउँदै यसले गर्दा उत्पादन घट्ने सम्भावना प्रशस्त रहेको घिमिरेले बताए । पूर्वाञ्चलको जम्मा ५ लाख १३ हजार ४ सय ५६ हेक्टर रोपाइँ हुने क्षेत्रफलमध्ये अहिलेसम्म २ लाख ८१ हजार ८ सय ८७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ भने अझै २ लाख ३१ हजार ५ सय ६९ हेक्टरमा रोपाइँ हुन बाँकी रहेको छ । घिमिरेका अनुसार पूर्वाञ्चलको सबैभन्दा कम सप्तरीमा हालसम्म १६ दशमलव ७ प्रतिशत मात्रै रोपाइँ भएको छ र सबैभन्दा बढी तेह्रथुममा ९५ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ । क्षेत्रीय निर्देशनालयका अनुसार पाँचथरमा ७२ दशमलव ८, इलाममा २५दशमलव ७, झापामा ६४, संखुवासभामा ६६ दशमलव ४, भोजपुरमा ५२ दशमलव ३, धनकुटामा २७ दशमलव ७, सुनसरीमा ६४ दशमलव ३, मोरङमा ५४ दशमलव ४, खोटाङमा ५४ दशमलव ७, सोलुखुम्बुमा ८५ दशमलव ७, ओखलढुंगामा ५४ दशमलव ९, उदयपुरमा ४३ दशमलव ४ र सिराहामा १८ दशमलव ४ प्रतिशत रोपाइँ सकिएको छ । यो वर्ष पानी नपरेकै कारण उत्पादनमा असर पर्ने देखिएकाले कृषिविज्ञहरु चिन्तित बनेका छन् । गत वर्ष पूर्वाञ्चलमा ४ लाख ११ हजार ७ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने त्यतिमा १३ लाख ९७ हजार ७ सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो । जमिन खण्डिकृत, बढ्दो उद्योगधन्दा, बढ्दो माछापालन, बढ्दो सहरीकरणका कारण उत्पादनमा समेत असर पर्न थालेको छ । क्षेत्रीय कृषि निर्देशनालयका अनुसार तराईमा वार्षिक २ प्रतिशतले र पहाडमा वार्षिक १ प्रतिशतले जमिन खण्डिकृत हुने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies