काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एसोशिएसनको आन्दोलनका बीच सर्वोच्च अदालतमा आइतबारका लागि १२ इजलास तोकेका छन् । इजलास तोकिए पनि बस्ने/नबस्ने अन्योल भने कायमै रहेकाे छ ।
गत मंगलबारदेखि इजलास बहिष्कार गर्दै सर्वोच्चकै न्यायाधीशहरु आन्दोलित भएका छन् । उक्त क्रियाकलापहरुले इजलास प्रभावित हुँदै आएको छ ।
न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन आग्रह गरेका छन् ।
यसैबीच, अहिले बार एसोशिएसनले हातमा कालोपट्टी बाँधेर सर्वोच्चमा एक घण्टा धर्ना दिने कार्यक्रम गरिरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: