Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

मुख्यमन्त्री पोखरेल भन्छन्– प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ

खबरडबली संवाददाता
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा विजयादशमी, दिपावली, छठलगायत पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले प्रेस स्वतन्त्रतालाई अङ्कुस लगाउने कुरामा सरकार जान नसक्ने स्पष्ट पारे ।
 
पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको जनाउँदै उनले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानून यसका विरुद्धमा हुन नसक्ने उल्लेख गरे । सरकारका कामकारबाही एवं गतिविधिका सम्बन्धमा प्रेस जगतबाट तथ्यगत समारचाको अपेक्षा गरिएको जनाउँदै उनले आफूहरूले तारिफ नचाहेको बताए ।
 
प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनले राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको जनाउँदै अहङ्कार र घमण्डले केवल दुर्दशा तथा अस्थिरता ल्याउने बताए । नेपालीका यी महान चाडले राष्ट्रिय एकता कायम गर्ने उनले बताए  ।
 
शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधिमन्त्री मेखलाल श्रेष्ठले सरकार प्रदेशवासीलाई खोपको व्यवस्थाका साथै बाढीपहिरो एवं प्राकृतिक विपत्तिको उद्धार, राहत आदिमा क्रियाशील बनेको सुनाए ।
 
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष बिमला भण्डारीले पत्रकारिता क्षेत्रलाई राज्यले चांैथो अङ्गका रुपमा स्थापित गरे पनि अझै कतिपय स्थानमा समाचार लेखनकै सन्दर्भमा डर तथा धम्की सामना गर्नुपर्ने अवस्था रहेको बताए ।
 
पत्रकारमैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिँदै उनले पत्रकारले पनि सत्यतथ्यमा आधारित भई समाचार सङ्कलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) कास्ककिा अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष रामप्रसाद तिमल्सिना, सचिव माधव बराललगायतले नेपालीका यी चाडपर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies