Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सरकारले जनताका समस्यालाई उच्च प्राथमिकता राखेर काम गरिरहेको छ: मन्त्री खड्का

खबरडबली संवाददाता

गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथमिकता राखेर काम गरिरहेको बताएका छन्  । 

महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले वर्तमान गठबन्धन सरकारले जनमुखी काम गरेर प्रदेशलाई समृद्घ बनाउने गरी काम गरिरहेको बताए  । मन्त्री खड्काले पोखरामा रहेका गुफा तथा पर्यटकीयस्थलको विकासका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने र छुट्टै अधिकार सम्पन्न समिति बनाएर काम थाल्ने तयारी गरिरहेको जानकारी दिए ।

महेन्द्र गुफाको विकासका लागि सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले थप बजेटका लागि केन्द्र सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पर्यटकीय क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको स्पष्ट पार्दै पर्यटन क्षेत्रमा बढ्दो आर्थिक गतिविधिबाटै समृद्घि प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयका प्रमुख सिडिइ डा महेन्द्र बानिया, विन्ध्यवासिनी माविका सहायक प्रअ रामबहादुर बानिया, विन्ध्यवासिनी क्याम्पसका अध्यक्ष दानबहादुर बानिया, समितिका संयोजक गुरुदत्त भट्टराई, पोखरा–१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्य, नेपाली कांग्रेसका वडा सभापति अमृत शर्मा तिमिल्सिना, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश सचिव यदुनाथ वञ्जरा, समाजसेवी गोविन्दबहादुर बस्नेत, समितिका सदस्य केशव बस्नेतलगायतले चाडपर्वले सामाजिक एकता र सद्भाव कायम गर्ने विश्वास व्यक्त गरे ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies