Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सयपत्री फूलले बढायो तिहारको चहलपहल

रासस

रामपुर । ढकमक्क फुलेका सयपत्री फूल देख्दा कस्को पो मन लोभिदैन र ? घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ । 

रामपुरका युवा व्यवसायी दिलबहादुर थापाले लगाएको सयपत्री फूलले यतिखेर सबैको मन लोभ्याएको छ । यहाँ तिहारलाई फूल खरिद, अवलोकन तथा टिकटक बनाउन, फोटो र भिडियो खिच्न जानेको आकर्षण छ । बुटवल, तानसेन, नेपालगञ्जलगायत विभिन्न बजारबाट फूलको माग अत्यधिक आएको छ तर स्थानीयलाई नै प्राथमिकता दिने गरी यस पटक भने बाहिरी बजारमा निर्यात नगर्ने थापाले बताए ।

“विभिन्न ठाउँबाट फूल चाहियो भनेर व्यापारीले फोन गरिराख्नुभएको छ, स्थानीयबाट पनि माग उत्तिकै भएको हुँदा अहिले सबै फूल रामपुरमा नै खपत गर्नेछु”, उनले भने । यतिबेला घर अगाडिको धान फल्ने खेतभरि पहेँलै फुलेको फूलसँगै फोटो खिचाउने, टिकटक बनाउने, भिडियो खिच्नेको लर्को देख्दा आनन्दानुभूति लागेको उनले बताए  ।

उनले  तिहारलाई लक्षित गरी करिब चार रोपनी जग्गामा फूल लगाएका छन् । यस पटकको तिहारमा मात्रै फूल बिक्रीबाट करिब रु एक लाख ५० हजार बराबरको आम्दानी गर्ने उनको  लक्ष्य छ । एक मालाको रु १५० र एक किलो फूलको मूल्य रु ५०० कायम गरिएको छ । युवा उद्यमी थापाले तीन वर्ष अघिदेखि फूलको व्यावसायिक खेती गरेको हो । तरकारी खेतीमा लागेको थापाले परीक्षणका रुपमा सयपत्री फूल लगाएका छन् । उनले  यसमा ग्राहकको आकर्षण र माग बढेपछि व्यावसायिक रुपमा खेती गरिरहेका छन् । 

यसभन्दा अघि तीन पटक सयपत्री फूलको उत्पादन लिइसकेका छन्  । तरकारी खेतीको तुलनामा फूलबाट दोब्बर कमाइ गर्नसक्ने उनको अनुभव छ । उनले भने “आम्दानीका हिसाबले हेर्ने हो भने फूलबाट धेरै कमाउन सकिन्छ, यहाँ व्यावसायिक खेती अन्यत्र नहुँदा पनि माग धेरै आउँछ, तर पुर्‍याउनै सकिँदैन, व्यवसाय विस्तार गर्दै जानुपर्ने छ ।” 

उनले वैदेशिक रोजगारीको एक दशकको अनुभवपश्चात् गाउँ फर्केर तरकारी र फूल व्यवसाय एकैसाथ अगाडि बताएका छन् । यस व्यवसायमा थापाका श्रीमती सुकमाया सारुले सघाउँदै आएका छन् । श्रीमान् श्रीमतीको अहिले दिनचर्या नै फूल टिप्ने, माला तयार पार्नेजस्ता कार्यमा बितेको छ । घर वरिपरि जताततै फुलेका फूलले रमाइलो मात्र नभई परिवारको आयस्रोत बढाएको सुकमाया बताए । “फूल उत्पादन गर्न थालेपछि हाम्रो परिवारको पहिचान नै फेरिएको छ, यहाँ दैनिक अवलोकन गर्न आउनेको चहलपहल देख्दा रमाइलो लाग्छ, आम्दानी पनि भयो, हेर्दा सुन्दरता दिने फूलले सबैलाई लोभ्याएको छ”, उनले भने ।

उनले पहिलो वर्षको तिहारमा करिब रु एक लाख, दोस्रो वर्ष (गत वर्ष) करिब रु दुई लाख ५० हजार फूल बिक्रिबाट आम्दानी गरेका छन् । रामपुर नगरपालिकामा नयाँ र पहिलो व्यवसाय भएकाले पनि यस क्षेत्रमा हुने विभिन्न कार्यक्रम, शुभकार्यमा यसको प्रयोग बढ्दो छ । तीन वर्ष अघि नगरपालिकाले बुटवलमा एक हप्ताको पुष्प व्यवसायसम्बन्धी तालिममा पठाएपछि थापाले लगत्तै खेती सुरु गरेको हो । नयाँ र पहिलो व्यवसाय भए पनि परीक्षणका क्रममै सबैको आकर्षण बढाउन थालेपछि यतिखेर यहाँको व्यवसायले चर्चा पाएको छ । फूलसँगै करिब दश रोपनी जग्गामा तरकारी व्यावसाय छ । 
  
“दश वर्षसम्म बहराइन बसियो, विदेशको धेरै अनुभव भयो, त्यहाँको पीडा र व्यथा जसले भोग्यो उसलाई मात्रै थाहा हुन्छ, अहिले गाउँ फर्केर तरकारी र फूल लगाउन थालेपछि परिवारको साथमा खुसीसाथ जीवन बिताएको छु”, थापाले भने । फूल अभाव हँुदै जाँदा कृत्रिम मालामा आकर्षण बढेका बेला यहाँ युवाले थालनी गरेको पुष्प व्यवसाय नमूना बनेको सञ्चारकर्मी सीता डोटेल बताइन । 
       
“पछिल्ला समय गाउँघरमा फूल कम उत्पादन हुँदै गरेका बेला यहाँ थालनी गरिएको सयपत्री फूलले छोटो समयमा धेरै चर्चा बटुलेको छ, लोप अवस्थामा रहेको फूललाई संरक्षण गर्दै व्यावसायिक ढङ्गबाट खेती गर्न युवालाई उप्रेरित गराउँदै सम्बन्धित स्थानीय सरकारले सहयोगका कार्यक्रम ल्याएमा निरन्तरता पाउनेछ”, उनले बताए  । युवा उद्यमी थापाको पुष्प व्यवसाय पाल्पाकै नमुना बनेको छ । पाल्पामै व्यावसायिकरुपमा थापाले रामपुरमा खेती सुरु गरेका छन्  । 

कम लगानीमा छोटो समयमा राम्रै आम्दानी गर्न सकिने हुँदा थापाले क्रमिकरुपमा क्षेत्रफल बढाउँदै गएका छन् । रामपुरभित्र विभिन्न सङ्घ संस्थाको आयोजनामा हुने विविध कार्यक्रममा यहाँ उत्पादन भएको फूल प्रयोगमा आउने गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy