रौतहट । नयाँ पार्टी गठनपछि पहिलो पटक रौतहट आएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चन्द्रपुरमा आयोजित पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’को आवश्यकता नरहेको बताए । अध्यक्ष नेपालले आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने कुरा पनि सम्मेलनमा बताए । उनले आवश्यक तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने जनाए ।
समय अनुसार चुनाव निकै खर्चिलो बन्दै गएकाले तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने अध्यक्ष नेपालले जनाए । उनले तीनै तहको निर्वाचन एकसाथ गराउन छलफलको खाँचो रहेको बताउँदै पाँच दलीय गठबन्धन चुनावसम्म रहने कुरा पनि खुलाए
त्यसै गरी, अध्यक्ष नेपालले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको विवादको विषयमा सत्तारुढ गठबन्धनका नेताहरु बसेर छलफल गर्ने जनाए । अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्री विदेशबाट फर्किएपछि यो विषयमा हामी छलफल गर्छौं ।’
प्रतिकृया लेख्नुहोस्: