काम गर्दा ‘गलत’ पनि हुन सक्छ, ‘सहि’ पनि भन्नेमा अब्दुल कलाम लचिला थिए । तर ‘काम गर्नु पर्छ’ यो उनको अन्तिम मान्यता थियो ।चिफ एपीजे अब्दुल कलामको म्यासेज ! सञ्चार सेटमा चिफ अब्दुल कलामको म्यासेज आएपछी उनले रिडिङ गरेर उनको क्वार्टरमा गएर देखाए । ‘ओ, कैसा हुआ कान्छा ?’ म्यासेजको स्पेलिङ गलत रहेछ । म्यासेज पढेपछि कलामले प्रश्न गरे । ‘तुम तो हिन्दु हो ना ? कभी गलत नहीं करते थे क्यों ?’ माया र सद्भाव पनि व्यक्त गरे । विज्ञानमा बेठिक भनेको बेठिक नै हो, चाहे त्यो सानो होस् वा ठूलो । परमाणु विज्ञानको अनुसन्धान गर्ने ठाउँमा उनले दिएको म्यासेजको गलत अर्थ लागेमा त्यसले जस्तोसुकै असर पनि पारिदिन सक्थ्यो । गुरु कलामले त्यसलाई गम्भीर ढंगले उठाए र सामान्य ढंगले अन्त्य गरिदिए । यो एपीजे अब्दुल कलामको एउटा स्वभाव थियो । ‘विषय वस्तुलाई जसरी लियो, त्यसले त्यसरी नै प्रभाव पार्छ’ भन्ने उनको मान्यता हुन्थ्यो । उनी गल्तीहरुलाई सच्याउन र सामान्ययीकरण गर्नसक्ने खुबी भएका एक महान व्यक्ति थिए । उनी विज्ञानका विद्यार्थी । उनको अभ्यास नै त्यहि हुन्थ्यो । गल्तीहरुलाई सच्याउने ।
तपाईं ठूलो मान्छे हो भने तपाईंले काम गर्नुपर्छकाम गर्दा ‘गलत’ पनि हुन सक्छ, ‘सहि’ पनि भन्नेमा अब्दुल कलाम लचिला थिए । तर ‘काम गर्नु पर्छ’ यो उनको अन्तिम मान्यता थियो । त्यसैले उनी जीवनको अन्तिम घडिसम्म पनि एउटा देशको राष्ट्रपती भइसकेका व्यक्ति अध्यापन पेशामा थिए । उनी भन्थे, ‘तपाईं ठूलो मान्छे हो भने तपाईंले काम गर्नुपर्छ ।’ एउटा संस्थाको प्रमुख जस्तो मानिसको अगाडी सुरक्षा पेशाको मानिसबाट गल्ती ? आफूले गलत गरेकोमा उनी डरले पानी–पानी मात्रै भएनन्, सच्याउँदा सच्याउँदै गल्ती भएकोमा उनलाई आफैप्रति रिस पनि उठ्यो । सुरक्षा निकायको जागिरमा गल्ती सानो या ठूलो भन्ने हुँदैन । सजायको भागिदार हुनैपर्छ । गल्ती गर्दा पनि क्षमा भएपछि खुसीको सिमै रहेन कान्छाको । कान्छा अर्थात् यममबहादुर ढकाल । ढकाल बा’को । तिनै ढकाल बुधबार साँझ सम्र्पक गर्दा उनी उनका गुरु भारतका पूर्व राष्ट्रपती एपिजे अब्दुल कलामको निधनमा ‘छाक’ छोडिरहेका थिए । पूर्वराष्ट्रपती कलाम भारतको राजनीतिमा प्रवेश गर्नु पहिले एकताका भारतको बैंगलोरमा रहेको निकै शक्तिशाली मानिने ‘भावा परमाणु अनुसन्धान केन्द्र’का प्रमुख थिए । कलाम त्यहि परमाणु अनुसन्धान केन्द्रमा प्रमुख रहेको बेला भारतीय सुरक्षा निकायका जागिरे ढकालले केही वर्ष उनका सहयोगीका रुपमा सँगै रहने अवसर पाए । उनी कलामसँग जति समय रहे उनले जीवनमा धेरै कुरा सिक्ने अवसर पाए । उनकै प्रेरणाले उनले जीवनमा धेरै कुरा गरेका छन् । जागिरबाट रिटायर्ड भएर नेपाल आईसकेपछि पनि उनी महिना दुई महिनामा कलामका सहयोगीहरु मार्फत सम्पर्कमा रहिरहे । कलामले ढकाललाई माया गरेर कान्छा भनेर सम्बोधन गर्थे । उनी कलामलाई निकै ठूलो प्रेरणाका श्रोत र जीवनको गुरुको रुपमा लिन्छन् । तिनै गुरुको निधनमा उनले तीन दिनसम्म शोक मनाउने निर्णय गरेका रहेछन् । हामीले सम्पर्क गर्दा उनको शोकको एकदिन बाँकी नै थियो । उनको बिहिबार शोकको अन्तिम दिन थियो । उता रामेश्वरमा भने कलामको शवको अन्तिम दाहसंस्कार गरिदैं थियो ।
०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धको आगो रोल्पादेखि गोरखासम्म निकै तातिसकेको थियो । मुलुकका अन्य क्षेत्रमा पनि यसको प्रभाव पर्न सुरु भइसकेको थियो । उनलाई पनि युद्धको त्यो आगोले समात्यो । उनी माओवादीको पिटी (पार्ट टाईमर) कार्यकर्ता भएर युद्धमा लागे ।विक्रम संवत २०३० साल (सन् १९७३) मा पि.एन. क्याम्पस पोखराबाट आइएस्सी सिध्याएपछि त्यसपछिको अध्ययनको लागि भारतको मणिपुर पुगे नवलपरासीका यमबहादुर ढकाल । उहाँका दाजुहरु पनि मणिपुरमा बस्थे । मणिपुर पुगेपछि उनी भारतीय सेनाका सिपाही पदमा भर्ती भए । प्यारा मिलिट्रि फोर्सको सिग्नल बटालियन उनको कर्मक्षेत्र छानियो । त्यतिबेला त्यस निकायमा नेपालीलाई भर्ना लिइँदैन थियो । जागिर खाईसकेपछि उनी पल्टनको ‘रेडियो अपरेटर’ पदमा छानिए । जुन अन्य पल्टन भित्रका भारी कामहरु भन्दा अलि सहज तर निकै महत्वपूर्ण काम थियो । उनले सेनाको जागिर भएपनि त्यहाँ हतियार होइन सञ्चार सेट बोक्नु पर्दथ्यो । उनले चलाउने त्यो सञ्चार सेट वायरलेस कम्युनिकेसन क्यारियर वेभबाट चल्थ्यो । त्यसमा आएको म्यासेजहरु सेन्डिङ गर्ने र रिडिङ गर्ने काम गर्थे ढकाल । पब्लिकदेखि अफिसरसम्म सबैका म्यासेज पढ्ने र अफिसरलाई त्यो खबर आदान प्रदान गर्ने काम उनको हुन्थ्यो । करिब २४ वर्ष भारतीय सेनामा काम गरेपछि २०५३ सालमा भोलुन्टिएर रिटायर्ड भए । रिटायर्ड भएपछि ३२ प्रतिशत पेन्सन थापेर नेपाल आए ढकाल बा । रिटायर्ड हुन केही समय मात्रै बाँकी थियो । त्यतिमात्रै समय काम गरेको भए उनी नियमित ५० प्रतिशत पेन्सन थाप्न पाउने थिए । उनलाई त्यसको माया लागेन, उनी नेपाल फर्किए । ०५२ सालदेखि सुरु भएको माओवादी जनयुद्धको आगो रोल्पादेखि गोरखासम्म निकै तातिसकेको थियो । मुलुकका अन्य क्षेत्रमा पनि यसको प्रभाव पर्न सुरु भइसकेको थियो । उनलाई पनि युद्धको त्यो आगोले समात्यो । उनी माओवादीको पिटी (पार्ट टाईमर) कार्यकर्ता भएर युद्धमा लागे । उनलाई राजनीतिमा लाग्न गुरु अब्दुल कलामको ठूलो प्रेरणा छ । उनले कलामबाट सिकेको पाठ नै ‘जहिले पनि आफ्नो देश आफूभन्दा माथि हुन्छ’ भन्ने होे । जतिबेला उनी कलामसँगै बस्थे, त्यतिबेला कलाम राजनीतिमा एकदमै कम चासो राख्थे । कलाम २४ घण्टामा २० घण्टा अनुसन्धानको काम गर्थे भने ४ घण्टा मात्रै आराम गर्थे । उनी भन्थे, ‘तपाईं ठूलो मान्छे बन्ने हो भने, तपाईंले काम गर्नुपर्छ र त्यो काम देशका लागि हुनुपर्छ । पहिलो देश र दोश्रो देशका लागि काम ।’ उनले गुरु कलामबाट सिकेको यहि हो । अध्ययन र जागिरपछिको जीवनमा देशका लागि योगदान गर्न ढकालका लागि माओवादी जनयुद्ध राम्रै प्लेटफर्म बन्यो । गुरु कलामले भने जस्तै ‘बसेर होइन केही गरेर देखाउन लाई’ अनि ‘आफूभन्दा माथि आफ्नो देश राख्न’ लाई भनेको लागुगर्ने कर्ममा जोडिए । उनले गुरुको प्रेरणालाई आत्मसात गरे । सम्झिन्छन, ‘के गरिएन ? पकाएको भात प्लाष्टिकमा हालेर रोल्पा पुगिएन कि, भोकभोकै कयौँ दिन घर छोडेर जंगल बसिएन ? सब परिवर्तनका लागि भनेर थियो । गरियो । धेरै त होइन सके जति ।’ उनलाई परिवर्तनको त्यो संगिन यात्रामा लाग्ने प्रेरणा कलामले सिकाएको पाठ हो भने बाटो खोलिदिने अहिलेका एमाओवादी नेता चन्द्रकान्त ढकाल हुन् । गुरु कलामबाट ‘काम गर्नुपर्छ’ भनेर सिकेका उनले काम गरिखाने सर्वहारावर्गको पक्षमा हतियार उठाएको माओवादी आन्दोलनमा नै सहभागी हुन पाउनु निकै ठूलो अवसरका रुपमा लिए । माओवादी जनयुद्ध सुरु भएको बेला उनको जन्मस्थल नवलपरासी आसपासमा माओवादी अध्यक्ष प्रचण्डको राम्रै प्रभाव परेको थियो । ढकालको व्यक्तिगत जीवनमा पनि प्रचण्डको केहि प्रभाव प¥यो । प्रचण्डको प्रभाव भने उनीसँगको संगतले थिएन, आफ्नो विचार र सिकेको अनुभवको प्रतिफल थियो । त्यतिमात्रै होइन उनका नातागोता र सिंगो समाजको प्रतिबिम्ब पनि थियो । धेरै युद्ध नरुचाए पनि केहिले यसको समर्थन पनि गरेका थिए । उनी एकजना नातेदारको भक्तिभावको रमाईलो स्मरण यसरी सुनाउँछन् :– उनी भारतबाट फर्किएर नेपाल आएका बेला पर्वतका अग्नि सापकोटा नामका एकजना पुरेत उनको घर नजिकै नवलपरासीको कावासोतीमा बस्थे । सापकोटा त्यतिबेला नवपलपरासीदेखि चितवनसम्मका विभिन्न ठाउँमा पुरेतको काम गर्दै हिँड्थे । ती पुरेतको झोलामा प्रचण्डको फोटो हुन्थ्यो । उनी त्यो फोटोको पुजा गरिराख्ने । एकदिन उनले ती पुरेतलाई सोधेछन्, ‘बाजे, त्यो तस्विरलाई किन पुजा गर्नुभएको ? सेना, पुलिसले देख्यो भने अप्ठेरो पर्ला नि ?’ ती पुरेतले जवाफ फर्काएछन्, ‘यो कलियुगको कृष्ण हो बाबु । केहि अप्ठेरो पर्दैन ।’ उनलाई त्यो भक्तिभाव देखेर अच्चम लागेछ । त्यतिबेलै आइएस्सी पढेको मानिस । धर्मकर्म गर्नुपर्ने बेला । २४ वर्ष भारतीय सेनामा जागिर गरेका व्यक्ति । भनौं, बुझेको पढेलेखेको मानिस, माओवादीमा लाग्नुलाई कुलिन वर्ग र राज्यले अपराध जस्तै मान्थ्यो । समाजले कुरा काट्थ्यो । उनले ती कुनै कुराको पर्वाह गरेनन् । उनले जीवनमा कहिल्यै नसिकेको र आफ्ना गुरु कलामले पनि नभनेका कुरा गर्नथाले । उनका गुरु कलामका लागि ‘कर्म पहिलो र धर्म दोश्रो’ थियो । मुस्लिम धर्म जस्तो कठोर धर्म मान्ने परिवारमा जन्मिएर पनि कलामको धर्मप्रतिको धारणा फरक थियो । जुन उनको धर्म, समुदायमा त्यति सजिलै स्विकारिंदैन । उनी गुरु कलाम लाई सम्झिन्छन्ः १ बजेको समयमा मुस्लिम समुदायको नवाज पढने समय हुन्थ्यो । उनी त्यहाँ जान भ्याउँथेनन् । नवाज पाठ गर्दा सामेल नभएपछि उनलाई अपमान गरिन्थ्यो । तर, उनले त्यो अपमानको कहिल्यै वास्ता गर्थेनन् । जहिले भन्थे, ‘काम ठूलो कुरो हो, देशका लागि केही हुन्छ भने म त्यो सहन्छु ।’ ढकाललाई कम्युनिष्ट र कलामको विचार मिलेजस्तो लाग्छ । उनले गुरु कलामबाट सिकेको त्यहि कथालाई आफ्नो जीवनमा पनि लागु गरे । ब्राह्मणको छोरो भएर कम्युनिष्ट भए । पढेको मान्छे भएर अधिकारका लागि बन्दुक उठाए । जहिले सम्झौतामा होइन, दृढतामा विश्वास राखे । अहिले उनी माओवादीको नवलपरासी जिल्लाको पार्टी सदस्य छन् । त्यो दृढता ढकालको जीवनमा ६३ वर्षको उमेर भईसक्दा पनि उस्तै छ । भन्छन्, ‘उमेर रहुञ्जेल देशका लागि लड्नेलाई सहयोग गरिन्छ ।’ दश वर्ष लामो जनयुद्ध लडेर आएको माओवादी पार्टी विभाजन भएको बेला मूल नेतृत्वले केही एजेण्डाहरु छोडेकाले वैद्यले त्यसलाई पूरा गर्छन् भन्ने विश्वास उनीमा थियो । उनी पहिलो पटक पार्टी विभाज हुँदा मोहन वैद्य ‘किरण’को नेतृत्वमा रहेको नेकपा–माओवादीमा रहेर काम गरे । तर पार्टी भित्रका केही मानिसका कारण वैद्यको नेतृत्वमा ती एजेण्डाहरुमा सफलता हात नलाग्ने देखेका उनी अहिले नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीमा सक्रिय छन् । आफ्नो पार्टीका महासचिव विप्लब र गुरु एपिजे अब्दुल कलामको जीवनको सांराशबिच उनी केही समानता देख्छन् । गुरु कलामको जीवनबाट सिकेको दृढता र सरलतालाई उनी अहिले आफ्नो पार्टीका युवा नेता विप्लवले गर्ने भनेको एकीकृत क्रान्तिमा भरपुर प्रयोग गर्न चाहन्छन् । त्यसैले त उनी यो उमेरमा पनि एउटा युवाको सामान्य कार्यकर्ता भएर लागि परेका छन् । उनका प्रेरणाका श्रोत पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामको जुलाई २८ तारिखका दिन एउटा कार्यक्रममा बोल्दा बोल्दै हृदयघातका कारण निधन भयो । निधनको खबर पाएपछि विक्षिप्त बनेका ढकालले तीन दिनसम्म नुन बारेर गुरुको शोक मनाए । ‘जीवनमा कामलाई माया गर्नुपर्छ’ भन्ने प्रेरणा दिने गुरुप्रति उनको श्रद्धासुमन ।
प्रतिकृया लेख्नुहोस्: