Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीको जीवनी

खबरडबली संवाददाता

कर्णाली । दुईपटक सङ्घीय मन्त्री भइसकेका कांगे्रस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो । प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा कांगे्रसले भने एक सिट मात्र जित्यो । त्यो जितको खाता पनि उनले नै खोले । हुम्ला प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट विजयी नेता शाही समानुपातिक पाँच सांसदको नेतृत्व गर्दै पार्टीको संसदीय दलको नेता रहँदा उनका लागि मुख्यमन्त्री पद एक किसीमले भन्नुपर्दा सम्भावनाको दूरीबाट टाढै थियो । 

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामलाई लिएर सर्वोच्च अदालतले ती दललाई एकता पूर्वको अवस्थामा फर्काइदिएपछि प्रदेशको अङ्क गणितमा पनि फेरबदल आयो । माओवादी र एमाले अलग–अलग भए पनि एमालेभित्रको विवाद झनै बल्झियो । कर्णाली प्रदेशसभामा एकल बहुमतमा रहेको एमाले अन्तत: विभाजन भई १३ सिटमा खुम्चियो । एमाले र माओवादी केन्द्रको टकरावले प्रदेशसभामा ६ सिट रहेको कांगे्रस अन्तत: निर्णायक बन्न पुग्यो । नेता जीवनबहादुर शाही मङ्गलबार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) का प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भए । 

एमालेभित्रको अन्तरसङ्घर्ष विभाजनसम्म आइपुग्दा कर्णालीमा एमालेकोे एकल बहुमत मात्रै गुमेन, प्रतिनिधिसभाको दोस्रोपटक विघटनपछि केन्द्रीय राजनीतिमा बनेको एमालेइतर दलको गठबन्धनका कारण कर्णालीको सत्ता सम्हाल्ने जिम्मेवारी कांगे्रस नेता शाहीको काँधमा आइपुग्यो । पार्टी पूर्ववत् अवस्थामा फर्केपछि एमालेले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य थाल्यो । समर्थन फिर्तापछि यही वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा एमालेका असन्तुष्ट चार सांसदले ‘फ्लोर क्रस’ गरेपछि उनको पद जोगियो । त्यतिबेलै माओवादी केन्द्र, कांगे्रस र एमालेका असन्तुष्ट सांसदबीच ६ महिनापछि कांगे्रसलाई सत्ता हस्तान्तरण गर्ने सहमति जुटेको थियो ।  

तीन वर्ष आठ महिना प्रदेश सरकारको नेतृत्व गरेर सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले आफूले विश्वासको मत लिनुअघि वैशाख २ गते भएको सहमतिअनुसार कांगे्रसलाई पद हस्तान्तरण गर्न सहजै तयार भए । नेपाली कांगे्रस, माओवादी केन्द्र र एकीकृत समाजवादीका गरी २१ सांसदको समर्थनमा कांगे्रस केन्द्रीय सदस्यसमेत रहेका शाही कर्णालीको दोस्रो मुख्यमन्त्री बन्न सफल भए । 

विसं २०२१ फागुन २० गते हुम्लाको खार्पुनाथ गाउँपालिका–५ अन्तर्गत खर्पेल गाउँमा बाबु मानबहादुर शाही र आमा बेलकली शाहीको कोखबाट जन्मिएका शाहीसँग केन्द्र सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र खानेपानी तथा सरसफाइमन्त्रीका रुपमा काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका उनले विद्यालय शिक्षा भने काठमाडौँको बूढानीलकण्ठ स्कुलबाट पूरा गरेका हुन् । उनले अमेरिका, बेलायत, भारत, चीन, जापानलगायत ३० भन्दा बढी मुलुकको भ्रमण गरेका छन् ।  

नवनियुक्त मुख्यमन्त्री शाहीको राजनीतिक यात्रा भने २०४६ सालबाट सुरु भएको हो । प्रजातन्त्रका लागि सङ्घर्ष गर्ने क्रममा केही समय भूमिगत भए । त्यस्तै विसं २०६२/६३ को जनआन्दोलनमा तीन महिना जेल बिताए । २०४६ देखि २०६२ सालसम्म हुम्ला कांगे्रसको सभापति, जिल्ला विकास समिति हुम्लाको सभापति, तत्कालीन कांगे्रस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, नेपाली कांगे्रसको १२ र १३औँ महाधिवेशनबाट केन्द्रीय समिति सदस्य निर्वाचित भए । पार्टी कामकै सिलसिलामा उनले विसं २०६८ देखि २०७२ सम्म महाकाली इञ्चार्जका रुपमा जिम्मेवारी पूरा गरे  ।  अध्ययनशील छवि र प्रखर स्वभावका मुख्यमन्त्री शाहीले संयुक्त राज्य अमेरिकाबाट पाइलटको तालिम लिए पनि उहाँले विमान उडानतर्फ भने चासो दिएनन् । अति विकट कर्णाली र त्यसमा पनि विकट हुम्ला जिल्लालाई कुशल राजनीतिज्ञ बनेर विकासको गोरेटोमा डोर्‍याउने सङ्कल्पका साथ नेपाल फर्केर यात्रा मोडिए । कर्णालीलाई राजनीतिक कार्यथलो बनाउँदै गर्दा उनले सामाजिक क्षेत्रमा समेत थुपै्र काम गरेका छन् । स्नोल्यान्ड एकीकृत विकास केन्द्र हुम्ला, सामुदायिक रेडियो कैलाश एफएम, नेपाल रेडक्रस सोसाइटी, द रेयुकाई नेपाल हुम्लाको संस्थापक अध्यक्ष भएर उनले सामाजिक जिम्मेवारी पूरा गरेको अनुभव छ । 

प्रदेशसभा बैठकमा कर्णालीको विकासका लागि ६ ‘ब’ मा जोड दिने नेता शाहीले मङ्गलबार राति पदबहालीका क्रममा पनि सोही अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनका  अनुसार ६ ‘ब’ भनेको बाटो, बिजुली, बजार, वन, व्यस्थापन र विचार हो । “कर्णालीको विकासका लागि बाटो, बिजुली र बजार मात्र भएर हुँदैन, कर्णालीवासीको विद्यमान सोच–विचारमा पनि परिवर्तन आउन जरुरी छ,” उनले भने, “भौतिक विकाससँगै गलत मानसिकतामा सुधार ल्याउन सके, कर्णालीको विकासको बाधक नकारात्मक सोच पनि हो ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy