Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

धवलागिरि अस्पतालमा जीवनजलको चरम अभाव: बिरामीलाई सास्ती

रासस

गलकोट । जीवनजल हेर्दा र सुन्दा सामान्य औषधि हो तर जीवन बचाउनका लागि अत्यन्तै महत्वपूर्ण औषधि हो, जीवनजल । मौसम परिवर्तन भएसँगै बागलुङमा अहिले झाडावान्तालगायतका बिरामी बढिरहेका छन् । तर धवलागिरि अस्पतालमा विगत एक सातादेखि जीवनजलको अभाव भएको छ । 

धौलागिरि अस्पतालमा दुई वटा फर्मेसी छन् । एउटा शुल्क र एउटा नि:शुल्क । नि:शुल्क फर्मेसीमा जीवनजल नपाएपछि स:शुल्क फार्मेसीमा जीवनजल खोज्दासमेत नपाइएको बिरामीको गुनासो छ । दुर्गमका सामान्य स्वास्थ्यचौकी तथा महिला स्वास्थ्य स्वंयमसेविकाको घरमा समेत पाइने जीवनजल २०० श्ययाको उप–प्रादेशिक अस्पताल बनाउने घोषणा भएको धौलागिरि अस्पतालमा जीवनजल नहुनु लज्जास्पद विषय भएको स्थानीयवासीको भनाइ छ ।

सोमबार झाडावान्ताको बिरामी भएर छोरालाई अस्पताल ल्याएकी सरिता शर्माले अस्पतालमा जीवनजल नपाएर बाहिरको फार्मेसीमा खरिद गरेको बताइन । शर्माजस्तै झाडावान्ता लागेका बिरामीले एक सातादेखि अस्पताल बाहिरका फार्मेसीबाट जीवनजल औषधि खरिद गर्दै आइरहेका छन् ।
 
निकै सस्तोमा बाहिर किन्न पाइने जीवनजल सरकारले नि:शुल्क गरेको छ । तर गरिब जनताले जीवनजल समेत किन्नुपर्ने बाध्यता पार्ने काम धौलागिरि अस्पताल प्रशासनले गर्दै आइरहेको गुनासो बिरामीको छ  । केही दिनदेखि झाडापखलाका लागि अत्यावश्यक जीवनजल  फार्मेसीमा नरहेको त्यहाँ कार्यरत सुनिता शर्माले स्वीकार गरिन । धौलागिरि अस्पतालमा जीवनजल नभएको अस्पतालका फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताए । 

उनले अस्पतालको स:शुल्क फार्मेसीमा केही दिनयता जीवनजल सकिएको बताए । उनले  नि:शुल्क फार्मेसीका विषयमा भने आफ्नो क्षेत्राधिकार नभएको बताए । “मैलै हेर्ने भनेको अस्पतालको स:शुल्क फार्मेसी हो, नि:शुल्क फार्मेसी हेर्ने मेरो क्षेत्राधिकारमा पर्दैन, समयमै औषधि ल्याउन खरिद ऐन नै परिवर्तन गर्नुपर्छ नभए औषधि सकिनासाथ खरिद गर्ने प्रक्रिया थाल्दा ढिलो भइहाल्छ, नगद तत्कालै हामीले औषधि खरिद गर्न मिल्दैन सार्वजनिक खरिद ऐनअनुसार जाँदा ढिला हुन्छ”, उनले भने, “स्वस्थ्य बीमाले सबै औषधि दिनुभन्छ, तर खरिद ऐन बाधक बन्छ, त्यसैले भनेको समयमा औषधि दिन सकिरहेका छैनौं ।”  

फार्मेसीमा जीवनजल मात्रै हैन, थाइरोनम २५ लगायतका अन्य अत्यावश्यक औषधिकोसमेत अभाव भइरहेको छ । खरिद ऐन परिवर्तन नभएसम्म यस्तो समस्या दोहोरिने फार्मेसी इन्चार्ज सुवेदीको भनाइ छ । आफू नयाँ भएकाले अस्पतालमा औषधि अभावको विषयमा जानकारी नआएको भन्दै प्रशासन विभागका तेजप्रसाद न्यूरेले तत्कालै जीवनजललगायतका औषधि व्यवस्थापनका लागि पहल गर्ने बताए । 

धौलागिरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र विक पोखरेलले जीवनजललगायतका अत्यावश्यक औषधिको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले फर्मेसीबाट आफूलाई जीवनजलको विषयमा जानकारी नआएकाले आफूले त्यसबारे बुझ्ने र नभएको भए तत्कालै फार्मेसीमा जीवनजल उपलव्ध गराइने बताए  । 
 
धौलागिरि अस्पतालमा जीवनजल नपाइए पनि बागलुङ नगरका सबै स्वास्थ्य संस्थामा जीवनजल, सिटामोललगायत अत्यावश्यक औषधिको अभाव नभएको बागलुङ नगर स्वास्थ्य शाखाका संयोजक रामप्रसाद खनालले जानकारी दिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy