Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

मानवमूत्रको प्रयोगले फलफूल तथा तरकारी खेतीको उत्पादनमा वृद्धि

रासस

गलेश्वर । खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा खाद्यान्नलगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ । मङ्गला–५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानवमूत्रको प्रयोग गरी खेती गर्न सुरुआत गरिएको छ । 

अर्मनमा विशेष गरी सुन्तला खेतीमा मानवमूत्रको प्रयोग गर्ने क्रम बढ्दै गएको छ । गाउँबाट गत वर्ष करिब रु ५० लाखको सुन्तला बिक्री गरिएको र यस वर्ष उत्पादन राम्रो भएकाले करिब रु ८० लाखको बिक्री गर्ने लक्ष्य रहेको अर्मन सुन्तला उत्पादन कृषक समूहका अध्यक्ष धनबहादुर रोकाले जानकारी दिए  । पोखराबाट गाउँमै आएका व्यवसायीले विभिन्न समयमा गरी उक्त सुन्तला खरिद गरेका हुन् । अर्मनमा करिब ५० घरधुरी कृषकले व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन् । उलने आफ्नो सुन्तलाबारीबाट गत वर्ष रु दुई लाख २७ हजारको सुन्तला बिक्री भएको र अहिले गत वर्षको भन्दा राम्रो फलेकाले करिब रु तीन लाख आम्दानी हुने अनुमान गरेको बताए ।

अध्यक्ष रोकाका अनुसार गत वर्ष आरुखोलाका धनबहादुर छन्त्यालले रु एक लाख ५७ हजार, अर्मनका प्रेमबहादुर रोकाले रु एक लाख ४३ हजार, मठबोटका रविलाल छन्त्यालले रु एक लाख ७८ हजार, टेकबहादुर श्रीसले रु एक लाख २२ हजार र मठबोटकै दिलबहादुर छन्त्यालले रु एक लाख एक हजारको सुन्तला बिक्री गरेका थिए । यस वर्ष सबै किसानले गत वर्षको भन्दा राम्रो आम्दानी गर्ने उनले जानकारी दिए ।

सुन्तला बगैँचामा मलको रुपमा मानवमूत्रको प्रयोग गरेपछि गत वर्षको भन्दा यस वर्ष दोब्बरले सुन्तला उत्पादन वृद्धि भएको मङ्गला गाउँ कार्यपालिका सदस्यसमेत रहेका खोलखर्कका सुन्तला उत्पादक कृषक रत्नबहादुर विश्वकर्माले जानकारी दिए । सुन्तला उत्पादन राम्रो भएपछि बर्सेनि यहाँका कृषकले कोदो, मकै उत्पादन हुने बारीमा समेत सुन्तला खेती विस्तार गर्न थालेको उनले बताए  ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको पहलमा जिल्ला मै पहिलोपटक अर्मनमा तीन वर्ष अघि २०७५ सालदेखि मानवमूत्र सङ्कलन गर्न सुरुआत गरिएको थियो । अहिले यो अभियान उपलब्धिमूलक बनेको कार्यपालिका सदस्य विश्वकर्माले बताए । “अर्मनको शिशुकल्याण माविमा सङ्कलन गरिएको मानवमूत्र प्रतिलिटर रु २५ मा खरिद गरी सुन्तला खेतीमा प्रयोग गर्‍यौँ यसले उत्पादन राम्रो दियो सबै कृषक खुसी छौँ”, उनले भने । यसका साथै प्रत्येक घरघरमा पनि मानवमूत्र सङ्कलन गरिँदै आइएको छ । सुन्तला खेतीबाट प्रशस्त आम्दानी हुन थाले पछि यहाँका कृषक थप उत्साहित बनेका छन् । समुद्री सतहदेखि करिब १६०० मिटर उचाइमा रहेको अर्मन गाउँलाई मङ्गला गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषण गरी विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending