वालिङ । स्याङ्जाको गल्याङ नगरपालिका–११ शिखरडाँडाका लेखनाथ भट्टराईले आफन्तकोबाट एउटा केराको बोट घरमा ल्याएर लगाए । बारीमा लगाएको एउटै बोटले राम्रो फल दिनका साथै अन्य बिरुवा पनि उत्पादन गर्न सहज भएको देखेपछि त्यसलाई आम्दानीको मुख्य स्रोत बनाउने निधो गरे ।
गल्याङ– ११ दिमिकस्थित आफ्नै खेतमा परीक्षणका लागि लगाएको थप केराका बोटबाट राम्रैसँग उत्पादन दिन थालेकाले आठ वर्षअघि ‘आनन्द कृषि तथा पशुपालन फर्म’ दर्ता गरेका थिए । जग्गा जमिन भएर पनि सही सदुपयोग गर्न नसकिरहेका बेला त्यो एउटै बोटको केराले आफूलाई व्यवसायी बन्ने प्रेरणा मिलेको उनले बताए ।
“जग्गा जमिन भए पनि त्यसको सही सदुपयोग गर्न सकिरहेका थिएनौं” भट्टराईले भने, “धान, गहुँ, मकैलगायत बालीबाट भन्दा केराबाट राम्रो आम्दानी गर्न सकिने ठानेर केरा खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाएको हुँ ।”
सुरुका वर्षमा झण्डै रु चार लाखको लगानीमा केरा खेती सुरु गरेका उनले दोस्रो वर्षदेखि वार्षिक रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । केरा खेती नै भट्टराईको अहिलेको मुख्य आम्दानीको स्रोत बनेको छ ।
“केरा जति मात्रामा उत्पादन भएपनि बजारीकरणका लागि अहिलेसम्म कुनै समस्या छैन” उनले भने, “यहाँ उत्पादन भएको केरा नजिकैको गल्याङ बजारमा खपत हुँदै आएको छ ।” भट्टराईको फर्मअन्तर्गत अहिले ‘झापाली मालभोग’ ‘विलियम हाईब्रेड’ र ‘जी नाईन’ जातका पन्ध्र सयभन्दा बढी केराका बोट छन् । व्यावसायिक हिसाबले ठूलो मात्रामा केराखेती गर्नुभएका उनकाे फर्ममा केरा खेतीकाबारेमा चासो दिनेहरू अध्ययन अवलोकनका लागि आउने गरेका छन् । यहाँ आएर हेरेर, बुझेर फर्किएसँगै आ–आफ्नो ठाउँमा फर्केर व्यावसायिकरूपले केराखेती थाल्नेहरू प्रशस्तै रहेका उनले जानकारी दिए । केराखेती थालेपछि आफूसहित स्थानीयवासीले पनि रोजगारी पाएको भट्टराईले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: