Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

म्यान्माकी स्विकीलाई गोल्डेन कला अवार्ड, नेपाली दुई कलाकार पनि पुरस्कृत

खबरडबली संवाददाता
काठमाडौँ । अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्माका कलाकार थिन स्विकीलाई ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्ड (कला पुरस्कार) प्रदान गरिने भएको छ । उक्त प्रदर्शनीमा सहभागी नेपाली दुई कलाकारका सिर्जना पनि पुरस्कृत हुने सूचीमा समावेश छ ।
 
नेपालको आट्समेट इन्टरनेसनल र एनवी गुरुङ आट्स स्टुडियोको सहकार्यमा आगामी डिसेम्बर १० देखि १५ सम्म अनलाइनमार्फत हुने अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी उक्त कलाकृतिबाट स्विकीको सिर्जना उत्कृष्ट हुँदै गोल्डेन अवार्ड प्राप्त गरेको हो । स्थानीय गाउँले परिवेशको ‘मानव दैनिकी’ शीर्षकको सिर्जना प्रतिस्पर्धामा समावेश छ । उक्त प्रदर्शनीमा ४६ देशका ३०२ कलाकृतिहरु समावेश हुने आयोजकले जनाएको छ । कूल ५१ देशका ४८३ कलाकृति प्राप्त भएकामा २०३ वटा सिर्जना छनोट भएको कार्यक्रम संयोजक एनवी गुरुङले जानकारी बताए ।
 
प्रदर्शनीअन्तर्गत आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा  रु एक लाख ५० हजार बराबरको नगद तथा ६० हजार मूल्य बराबरको कलासामग्री पुरस्कारस्वरुप दिइनेछ । पुरस्कार छनोट समितिले सार्वजनिक गरेको विवरणअनुसार चीन, म्यान्मा, थाइल्यान्ड, रसिया र नेपालका सात कलाकारका कलाकृति उत्कृष्ट छनोट हुँदै नगर पुरस्कार प्राप्त गर्न लागेको हो । अन्य ६ कलाकारका सिर्जनाले पुरस्कारस्वरुप कला सामग्री प्राप्त गर्ने जनाइएको छ ।
 
पुरस्कार छनोट भएका सिर्जनामध्ये सर्वोत्कृष्ट हुँदै ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्डबाट म्यान्माका थिन स्विकीलाई सम्मान गर्न लागिएको आयोजकले जनाएको छ । चीनका कलाकार रोंग जू कावोलाई ३०० (रु ३६ हजार) थाइल्यान्डका टोसापोरन, चान्टरासुकले २०० (रु २३ हजार ६००), रसियाका याकुवा भिक्टोरियाले १०० (रु ११ हजार ८००), म्यान्माका मियान्त नाइङ्गले ५० (रु छ हजार डलरको पुरस्कार प्राप्त गरेका गुरुङले जानकारी दिए  । नेपालका दुई कलाकार डी बराल र विश्वराज पराजुलीले पनि क्रमश: २५० (रु २५ हजार ५००) तथा ५० डलर (छ हजार) को पुरस्कार प्राप्त गरेका छन् । 
 
पुरस्कारका लागि नेपाली र विदेशीसहित आठ कलाकार छनोट समितिमा रहेको थियो । पुरस्कार छनोट समितिमा भारतका अमित कपुर, अमेरिकाका स्टेला क्यानफिल्ड र एन्डी इभन्सन, नेपालका दिराम पाल्पाली र एनवी गुरुङ, चीनका हङ्ग स्याङ, सिङ्गापुरका ओङ किम सेङ र दक्षिण कोरियाका यू मी पाक सहभागी थिए  । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies