गलेश्वर । पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकाको अर्मनका किसानले पाखोबारी तथा खाली जमीनमा धमाधम अलैंची खेती विस्तार गर्न थालेका छन् ।
थोरै लगानी र कम मिहिनेतमा राम्रो आम्दानी गर्न सकिने भएपछि यहाँका किसान दुई वर्षदेखि अलैँची खेतीतर्फ आकर्षित भएका हुन् । यसअघि अर्मन र बरङ्जाका केही किसानले न्यून मात्रामा अलैँची खेती गर्दै आएका थिए । दुई वर्षसम्म परीक्षणको रूपमा गरिएको अलैँची खेती सफल भएपछि किसान त्यसतर्फ आकर्षित भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले जानकारी दिए ।
“पहाडी क्षेत्र भएकाले अलैँचीको उत्पादन राम्रो हुन्छ की हँुदैन भन्ने थियो, तर किसानलाई यस विषयमा धेरै ज्ञान रहेछ”, उनले भने अर्मनमा मात्रै अहिले १७ कृषकले करिब ८० हजार अलैँचीका बिरुवा लगाएका छन् ।” केही किसानले मकै र कोदोको ठाउँमा अलैँचीका बिरुवा रोपेका छन् । अर्मनमा दुई वर्षमा १५ हेक्टर क्षेत्रफलमा अलैँची खेतीको विस्तार भएको मङ्गला गाउँपालिकाको कृषि शाखाले जनाएको छ । जिल्लाका मङ्गला गाउँपालिकाका साथै कुइनेमङ्गले, घार, घतान, कुहुँ, तोरीपानी, अर्मन, देवीस्थान, ताकम, दरबाङ, कुहुलगायतका ठाउँमा पनि अलैँची खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
अलैँचीका लागि हावापानी उपयुक्त रहेको प्राविधिकको भनाइ छ । समुद्री सतहबाट ७०० देखि दुई हजार २०० मिटरको उचाइमा वार्षिक एक हजार ५०० देखि पाँच हजार मिलिमिटर वर्षा हुने ठाउँमा अलैँचीको उत्पादन राम्रो हुने बताइएको छ । जिल्लामा साउने जातका अलैँचीका बिरुवा बढी वितरण गरिएका छन् । जिल्लाको माथिल्लो भागमा अलैँचीको राम्रो उत्पादन हुने कृषि प्राविधिकले बताएका छन् । यी क्षेत्रमा ताप्लेजुङ, इलाम र सङ्खुवासभाको जस्तै हावापानी पाइन्छ ।
अलैँचीका लागि खेतबारी मास्नु नपर्ने, भुइँ, डालेघाँसलगायतका बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल, मलखाद र रेखदेख गरेपुग्ने भएकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको हो । एउटा बिरुवालाई रु १० पर्ने भए पनि किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिँदै आएको मङ्गला गाउँपालिकाले जनाएको छ । सदरमुकामसम्मको ढुवानी सरकार आफैँले बेहोर्ने गर्छ । उत्पादन भएमा बजारको कुनै समस्या नभएको प्राविधिकको बुझाइ छ ।
उनीहरुका अनुसार अलैँचीको बियाँबाट मसलायुक्त सुगन्धित औषधीय तेल निस्कन्छ । उक्त तेल मिठाई, केक आदी सुगन्धित बनाउन प्रयोग गर्नुका साथै विभिन्न किसिमका औषधि बनाउन सकिन्छ । अर्मनका किसानले गत वर्ष प्रतिकिलो रु दुई हजारदेखि दुई हजार २०० सम्ममा अलैँची बिक्री गरेका छन् । अलैँची बिक्री गरेर गाउँमा रु ४० लाख भित्रिएको स्थानीय किसानले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: