काठमाडौँ । त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि डाक (डीएके) फाउण्डेशन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवंम् प्राविधिक सहयोग गर्ने जनाइएको छ ।
अस्पतालको १६औँ वार्षिक साधारणसभाका अवसरमा आवश्यकता र सर्भेक्षणका आधारमा यसै आर्थिक वर्षभित्र २० आँखा परीक्षण शिविर, १० विद्यालयमा आँखा कार्यक्रम र विभिन्न नौ स्थानमा अस्पतलले शल्यक्रिया शिविर सञ्चालन गर्ने जानकारी दिइयो । अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले सामाजिक सङ्घसंस्थासँग मिलेर सेवा विस्तार गर्ने, सर्वसाधारणलाई आँखा स्वास्थ्य शिक्षा अवगत गराउने र आँखा उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिने बताए ।
उनले भने, “नागरिक आँखा उपचारमा पहुँच सहज तुल्याउन प्राथमिक केन्द्र र गुणस्तर अभिवृद्धि संयन्त्र विस्तार गर्न लागिएको छ ।” नेपालमा आँखा उपचार सेवाका लागि ४८ वर्षअघि स्थापना भएको अग्रणी सो अस्पतालले न्यून शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ । आँखा सेवामा पहुँच विस्तारलाई तीव्रता प्रदान गर्ने कार्यक्रमसहित अघि बढिरहेको अस्पतालमा १५ विशेषज्ञ चिकित्सकसहितको जनशक्तिबाट सेवा प्रदान गरिँदै आएको छ ।
अस्पतालले खोकना, टोखा र थानकोटका भिजन सेन्टरलाई निरन्तरता दिँदै साँखुलगायतका थप तीन स्थानमा पनि थप सेन्टर स्थापना गर्ने कार्यक्रम अघि सारेको छ । उपत्यका बाहिर बाराका सिमरामा आँखा उपकार केन्द्र स्थापना गरिसकेको छ भने गोरखाको भच्चेकमा पनि स्थापनाका लागि अध्ययन भइरहेको जनाएको छ ।
कोभिड–१९को सङ्क्रमण जोखिमकाबीच गत आर्थिक वर्षमा उक्त अस्पतालबाट ६५ हजार ४२९ ले ओपिडीबाट सेवा लिएकामा चालु आर्थिक वर्षमा ६८ हजार जनाले त्यो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । गत आर्थिक वर्षमा अस्पतालले नौ शल्यक्रिया शिविरमा पाँच हजार सात जनाको आँखा परीक्षण र ४६५ को शल्यक्रिया भएको अस्पताल सञ्चालक समितिका सचिव मेघराज गजुरेलले जानकारी दिए । त्यस्तै सात आँखा परीक्षण शिविरबाट दुई हजार ७३३ सर्वसाधारण लाभान्वित भएका थिए । अस्पताले ८० वर्ष नाघेकालाई २५ प्रतिशत र गरिबलाई नि:शुल्क तथा सहुलियत शुल्कमा उपचार गर्दै आएको छ ।
अस्पतालले गत वर्ष एक हजार आठ गरिब बिरामीलाई उपचारमा पूर्ण तथा आंशिक छुट प्रदान गरेको थियो । गत आर्थिक वर्ष २०७७/७८ मा अस्पतालले रु ११ करोड नौ लाख ११ हजार आम्दानी भएकामा रु नौ करोड १६ लाख ६६ हजार खर्च भएको विवरण कोषाध्यक्ष सविता भण्डारीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ । अस्पतालका संस्थापक डा रामप्रसाद पोखरेलले नेपालमा आँखा उपचार सेवा र जनशक्ति वृद्धिमा भएको प्रगतिप्रति खुशी व्यक्त गर्दै यसको श्रेय त्रिपुरेश्वर आँखा अस्पतालको समेत रहेको बताए ।
अस्पतालका प्रमुख डा कमल खड्काले अस्पतालकातर्फबाट आँखा उपचार सेवा दूरदराजका गाउँबस्तीमा पुर्याउने कोसिस भइरहेको जानकारी दिए । उक्त आँखा अस्पतालले हाल दैनिक सरदर ४०० देखि ६०० सर्वसाधारणलाई आँखा उपचार सेवा पुर्याउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: