खाटाङ । नेपाली कांग्रेसको १४औँ महाधिशेवनको मिति नजिकिएसँगै सातौँ जिल्ला अधिवेशनका लागि नेताले धमाधम आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । कतिपयले समूह बनाएर र कतिपयले व्यक्तिगत रुपमा पोष्टर बनाएर आ–आफ्नो फेसबुक पेजमार्फत उम्मेदवारी घोषणा गर्न थालेका हुन् ।
जिल्ला तहमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका तथा गर्न बाँकी नेता आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन दौडधुप गरिरहेका छन् । अधिवेशनको नयाँ मिति तय भएपछि नेता तथा कार्यकर्ताहरु उत्साहित भएर आपसी भेटघाट, सामूहिक जमघट, छलफल र बैठकलाई तीव्रता दिएका छन् ।
जिल्ला सभापतिमा पूर्वराज्यमन्त्रीदेखि तीनपटकसम्म पार्टीको जिल्ला सभापति बनेका तथा गाउँपालिका प्रमुखसमेतको दाबी रहने देखिएको छ । वर्तमान जिल्ला सभापति नरेशकुमार श्रेष्ठ र पूर्वसभापति विष्णुकुमार राईले समूह बनाएर सामाजिक सञ्जाल उम्मेदवारी घोषणा गरेका छन् ।
यसअघि तीन कार्यकाल सभापति भएका राईलाई सभापति तथा उपसभापतिमा क्षेत्र नं १ का क्षेत्रीय सभापति तथा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईलाई उठाउने टुङ्गो लगाइएको छ । उपसभापतिको उम्मेदवार बनेका भट्टराईले यसअघिसम्म जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवारी नदिने बताउँदै आएका थिए ।
राईको समूहबाट सचिवमा ज्ञानेन्द्र जोशी, सुमनबाबु आचार्य र समीर राईले उम्मेदवारी दिनुहुने बताइएको छ । जोशी, आचार्य र राईमध्ये एकजनाले सचिव पदमा दाबी नगरेको खण्डमा महाधिवेशन प्रतिनिधि बनाइने र जिल्ला कार्यसमितिमा सङ्गठन विभाग प्रमुखको जिम्मा दिने सहमति भएको जनाइएको छ ।
पूर्वसभापति राईको समूहबाट सहसचिवको उम्मेदवारमा सार्जन राई र शालिकराम बञ्जारा रहेका छन् ।
तत्कालीन जिल्ला विकास समितिको पूर्वजिल्ला सभापतिसमेत रहेका राईका नेतृत्वमा उम्मेदवारी दिने अन्य पदाधिकारीहरु छलफल गरेर सर्वसहमत टुङ्ग्याउने तयारी भइरहेको जनाइएको छ । यसैगरी जिल्ला पार्टी सभापतिको आकाङ्क्षीमा महासमिति सदस्य एवम् पूर्वराज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य रविप्रकाश राई, महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई देखिएका छन् ।
उनीहरुले आ–आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन कसरत गरिरहेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुखसमेत रहनुभएका भूपेन्द्रकुमारले पनि आफ्नो उम्मेदवारी सभापतिमा हुने सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।
उनीहरुले आफू पक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणासमेत गरेको जनाइएको छ । सातौँ जिल्ला अधिवेशन आगामी मङ्सिर ६ गते हुने जनाइएको छ । कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: