Ntc summer Offer
Khabar Dabali १६ आश्विन २०८० मंगलवार | 3rd October, 2023 Tue

करदाताको गुनासो सम्बोधन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने: अर्थमन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र कर प्रशासनलाई व्यवस्थित एवं जनताप्रति उत्तरदायी बनाइने बताएका छन् । दशौँ कर दिवस २०७८ का अवसरमा आन्तरिक राजस्व विभागमा आज आयोजित कार्यक्रममा उनले करदाताको गुनासो सम्बोधन गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । 

कर प्रशासनमा हुने झन्झट र कुनै अड्चन र समस्या आयो भने तत्काल समाधान गर्ने इकाइ बनाइने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “करदाताको गुनासो सुन्नुपर्छ, तत्काल एउटा इकाइ बनाइनेछ, तत्काल कार्यान्वयन हुने संयन्त्र बनाउँछु, कहाँ समस्या छ त्यहाँ तत्काल समाधान गर्नुपर्छ ।” व्यवसायीलाई सहयोग गर्न भन्सारमा व्यापार सुधार थालिएको बताउँदै उनले प्रत्येक भन्सार कार्यालयमा ‘भेहिकल स्क्यानर’ राखिने जानकारी दिए । “भन्सारमा भइरहेको ढिलाइका कारण व्यवसायीले दु:ख व्यहोर्नु परेको छ, अब भन्सारमा स्क्यानर राखिनेछ, जसले व्यवसायीलाई आयातनिर्यातमा सहज गर्नेछ”, उनले भने । 

अर्थमन्त्रीले कर छली र चुहावट रोक्न सरकार कडाइका साथ प्रस्तुत हुने बताए  । कर प्रशासनबाट करदातामैत्री व्यवहार हुनुपर्नेमा जोड दिँदै उनले करदताप्रति सरकारको विभेद्कारी नीति नहुने प्रष्ट पारे । उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धिको आवश्यकता रहेको र त्यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे । “तपाईंहरुलाई के चाहिन्छ भन्नुस्, आशङ्का दूर गर्नुस्, आयात प्रतिस्थापन, देशभित्रको साधनस्रोतको उपयोग नगर्दासम्म मुलुक समृद्ध हुनसक्दैन”, मन्त्री शर्माले भने । उनले जनताको सेवकका रुपमा काम गर्न कर्मचारीलाई निर्देशनसमेत दिए । 

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न कर नीतिमा स्थिरताको खाँचो रहेको उल्लेख गर्दै करको दायरा विस्तार गर्ने तर करको दर वृद्धि नगर्ने सरकारको नीति रहेको बताए । “करदातालाई कर कार्यालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार लागेको छ, विभिन्न प्रक्रियागत र प्रणालीगत सुधार गरिएको छ”, कर प्रशासन सुधारमा चालिएको कदम प्रष्ट्याउँदै उनले भने । 

सरकारले लिएको करबाटै सुशासन, विकास र समृद्धिको यात्रा अगाडि बढ्ने भन्दै उनले कर तिर्न कन्जुस्याईं गर्ने प्रवृत्ति त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गरे । “स्वदेशी उद्योगको प्रवद्र्धन, रोजगारी वृद्धि, व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार जुटेको छ”, उनले भने, “कर प्रणालीलाई व्यवसायमैत्री बनाउन आवश्यक पर्ने सुझाव दिनुहोस् ।”

अर्थ मन्त्रालयका सचिव (राजस्व) कृष्णहरि पुस्करले कर बाध्यताले नभइ रहरले तिर्ने, कर तिर्न उत्सुकता जगाउने, स्वेच्छाले कर तिर्न सहयोग गर्ने उद्देश्यले सरकारले नीतिगत तथा प्रक्रियागत सुधारको काम गरेको बताए । राजश्व प्रशासनमा सुधारको खाँचो रहेको स्वीकार गर्दै उनले सरकारले निजी क्षेत्रको भावना अनुसार कर प्रशासन र प्रणालीमा सुधार गर्दै लगेको प्रष्ट्याए ।

विभागका महानिर्देशक शोभाकान्त पौडेलले नीतिगत सवलीकरण, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार, कर शिक्षा तथा जागरणलगायत विषयमा गरिएको सुधारबाट कर प्रशासन करदातामैत्री, लगानीमैत्री र प्रविधिमैत्री बन्दै गएको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायी कर तिर्न तयार रहेको र त्यसका लागि मर्यादित व्यवसाय विस्तारको वातावरण बनाइदिन सरकारसँग आग्रह गरे । उनले कर  प्रशासनलाई चुस्तदुरुस्त बनाउन सुझाव दिए । 

नेपाल उद्योग परिसङ्घका कावा अध्यक्ष कृष्णप्रसाद अधिकारीले कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिँदै करको बहुदर कायम गर्न सरकारको ध्यानाकर्षण गराए । राजस्वको निर्धारित लक्ष्य प्राप्तिका लागि करदातामाथि सरकारको विश्वास बढाउनुपर्ने उल्लेख गर्दै उनले कर नीतिमा स्थिरता हुनुपर्ने बताए । 

“नीतिगत स्थिरिता हुनुपर्छ, करका दायरा अपेक्षित रुपमा वृद्धि हुनसकेका छैनन्”, उनले भने, “अनौपचारिक रुपमा रहेको आर्थिक क्षेत्रलाई करको दायरामा ल्याउनुपर्छ ।” नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कर ‘कर’ले होइन रहरले तिर्नुपर्ने वातावरण बनाउनुपर्ने बताए । घरजग्गा कारोबारका क्षेत्रबाट सरकारले अत्यधिक राजस्व गुमाएको भन्दै उनले रियल स्टेट व्यवसायीलाई पनि करको दायरामा ल्याउनुपर्ने बताए । 

नेपाल राष्ट्रिय उद्योग व्यपार सङ्गठनका कावा अध्यक्ष डम्बरदेव अर्यालले राष्ट्रिय औद्योगिकीकरण नगरी अर्थतन्त्र सवल हुन नसक्ने भन्दै राष्ट्रिय औद्योगिकीकरणमा टेवा पुग्ने नीति अख्तियार गर्न सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गरिएको थियो । सो अवसरमा अर्थमन्त्री शर्माले विभागले प्रकाशन गरेको स्मारिका, वार्षिक प्रतिवेदन र राजस्व अनुसन्धान पद्दति विमोचन गरेका थिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले कोशीमा खतिवडाको अग्रता कायमै, ढकाल पछ्याउँदै

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ ।  आधिकारिक रुपमा भर्खरै आएको मतपरिणाममा अध्यक्ष पद...

संविधानको व्यवस्थाअनुसार नै जिल्ला न्यायाधीश नियुक्ति : कानुनमन्त्री गुरुङ

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्थाअनुरुप नै जिल्ला न्यायाधीश नियुक्त गरिएको प्रस्ट पारेका छन्।  सोमबा...

चन्द्रागिरिबाट २५ हजार घुससहित असिस्टेन्ट सबइन्जिनियर पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना असिस्टेन्ट सबइन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१४ न...

एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाह विजयी

काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजङ्ग शाह विजय हुने निश्चित भएको छ ।  उनले जारी मतगणनामा गन्न बाँकीभन्दा बढी मतान्तर बनाएसँगै ...

मुम्बई विमानस्थलबाट साढे तीन किलो सुनसहित एक महिला पक्राउ

काठमाडौँ। भारतको मुम्बई विमानस्थलबाट झन्डै साढे तीन किलो सुनसहित एक महिला पक्राउ परेकी छन्। मुम्बई राजस्व विभागले केन्याबाट आएकी बेलायती नारिक ४० व...

ओली र एमसीसीका सीइओ अलब्राइटबीच भेटवार्ता

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का ग्लोबल प्रमुख कार्यकारी अधिकृत (सीइओ) ...

नेपालमा शान्तिको आवश्यक छ : मन्त्री साउद

काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा शान्तिको आवश्यकता रहेको बताएका छन् ।   सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी...

जनताको अवस्था परिवर्तन नहुँदा लोकतन्त्रविरुद्ध आवाज उठ्यो : प्रदीप ज्ञवाली

काठमाडौँ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्र स्थापना गरेको १६ वर्ष बितिसक्दा पनि जनताको अवस्था परिवर्तन गर्न नसक्दा लोकतन्त्रको विरुद्ध...

एमाले कर्णाली अधिवेशन : मतगणना जारी, अध्यक्षमा गुलावजंगको अग्रता कायमै

काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेश कमिटीका लागि भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो परिणामअनुसार अध्यक्षका उमेदवार गुलावजंग शाहले अग्रता कायमै...

जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णय खारेज गर्न माग

काठमाडौँ। अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सोमबार अहिंसाको प्रवर्द्धन र हिंसाको खारेजीका लागि योगदान गर्न सबैलाई आग्...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Alphabet Education Consultancy Pioneer Software Technologies Salt Trending