Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

करिब तीन सय बालश्रमिकलाई घर फर्काइयो

\"Child१७ साउन, चितवन । चितवनको रत्ननगरमा घरेलु बालश्रमिकका रुपमा काम गर्ने बालबालिकामध्ये करिब तीन सयलाई घर फर्काइएको छ । रत्ननगर नगरपालिकाका सामाजिक शाखा प्रमुख तेजेन्द्र लामिछानेका अनुसार साविक रत्ननगरमा रहेका पाँच सय ८४ घरेलु बालश्रमिकमध्ये अहिले तीन सयको हाराहारीमा बालबालिका घरेलु बालश्रममा रहेका छन् । दुई सय ८४ जनालाई भने विभिन्न कार्यक्रम सञ्चालन गरेर घर फर्काइएको लामिछाने बताए । चौध वर्ष माथिकालाई आयआर्जनका कार्यक्रमसँगै सीप सिकाएर घर फर्काइएको छ भने अन्य साना बालबालिकाको हकमा उनका परिवारलाई सक्षम बनाएर श्रमबाट फर्काइएको छ । चितवनको भरतपुर, रत्ननगर, नारायणगढ, पर्सा, लोथर, भण्डारालगायत सहरी क्षेत्रमा बढी बालश्रमिक छन् । विशेष गरी ग्यारेज, होटल तथा सवारी साधनमा बालश्रमिक बढी प्रयोग हुने गरेका छन् भने व्यक्तिका घरमा लुकीछिपी बालश्रमिक प्रयोग गरिएको पाइएको छ । जिल्लामा सबै प्रकारका बालश्रमिक गरी करिब तीनदेखि चार हजारको हाराहारीमा रहेको अनुमानित तथ्याङ्क छ । बालश्रम न्यूनीकरण र सडक बालबालिकाका क्षेत्रमा काम गर्दै आएका दियालो परिवार, नारायणगढका कार्यकारी निर्देशक केदारनाथ खनालले बालश्रमिक तथा सडक बालबालिकालाई परिवारमा फर्काइए पनि पुनः सोही क्षेत्रमा फर्कने गरेको भन्दै व्यवस्थापनमा चुनौती रहेको बताए । बालमैत्री स्थानीय शासन लागू भएको रत्ननगर नगरपालिका र भरतपुर उपमहानगरमा बालश्रम चुनौतीका रुपमा रहेको स्थानीयवासीले बताएका छन् । रत्ननगरले अहिलेसम्म आफ्नो सेवा क्षेत्रको शान्तिकुञ्ज टोललाई बालश्रम मुक्त क्षेत्र घोषणा गरिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy