वागलुङ । गलकोट नगर क्षेत्रको विकासबारे नेकपा (माओवादी केन्द्र)ले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई ध्यानाकर्षण गराएको छ । आज गलकोट, हटियामा आयोजित अन्तक्र्रिया कार्यक्रममा पार्टीको नगर कमिटीले अर्थमन्त्री शर्मासमक्ष विविध विषयमा मागपत्र बुझाएको हो ।
गलकोटमा इलाका प्रशासन कार्यालय स्थापना, स्मार्ट सिटी निर्माण र मध्यपहाडी पुष्पलाल लोकमार्ग कालोपत्रलगायतका विकास योजना यथाशीघ्र कार्यान्वयनमा ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको माओवादी केन्द्रका नगर इञ्चार्ज फमलाल निउरेले जानकारी दिए ।
“हामीले पहिलेदेखि नै उठाउँदै आएका माग र मुद्दालाई अर्थमन्त्रीसमक्ष मौखिक र लिखित दुवै माध्यमबाट राख्यौँ”, उनले भने, “प्रस्ताव अघि बढाउनेदेखि बजेट व्यवस्थापनका सन्दर्भमा सकारात्मक पहल लिने प्रतिबद्धता मन्त्रीज्यूबाट आएको छ ।”
यसक्रममा अर्थमन्त्री शर्माले गलकोटसहित समग्र जिल्लाको विकासमा सरकारले ध्यान दिने बताएका थिए । गलकोटमा इलाका प्रशासन कार्यालय स्थापनाको माग केही वर्ष अघिदेखि नै उठ्दै आएको छ । उक्त माग लिएर दुई वर्षअघि राजधानी पुगेको जनप्रतिनिधिसहितको सर्वदलीय टोलीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरूलाई भेटेको थियो ।
गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई कार्यक्षेत्र तोकेर कार्यालय खोल्ने भनिए पनि त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन । सरकारी तवरबाट आश्वासन पाए पनि मागको सुनुवाइ नभएको गलकोटवासीको गुनासो छ । इलाका प्रशासन कार्यालय गलकोटमै खुलेमा नागरिकता बनाउनेदखि मालपोत र नापीको सेवा लिन घण्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने सर्वसाधारणको बाध्यता हट्ने थियो ।
सरकारले देशका विभिन्न ठाउँमा बनाउने भनेको स्मार्ट सिटीको योजना गलकोटमा पनि पार्नुपर्ने माग अर्थमन्त्री शर्मासमक्ष राखिएको नगर इञ्चार्ज निउरेले बताए । यस्तै मार्ग खुलेको दुई दशक बढी भइसक्दा पनि कालोपत्र हुन नसकेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्ड कालोपत्र र गलकोट क्षेत्रको सडक सुधारका लागि पनि ध्यानाकर्षण गराइएको उनका भनाइ छ ।
पाँच वर्षअघि कालोपत्र भएपनि लोकमार्गको घोडाबाँधे–हटिया खण्ड नियमित मर्मत सुधार नहुँदा रुग्ण अवस्थामा पुगेको छ । सो अवसरमा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यसमेत रहेका अर्थमन्त्री शर्माले पार्टीको आन्तरिक परिस्थिति, आसन्न राष्ट्रिय सम्मेलनलगायतका विषयमा नेता, कार्यकर्तालाई जानकारी गराएका पार्टी नगर कमिटीले जनाएको छ । कार्यक्रममा (माओवादी केन्द्र)का जनप्रतिनिधिलगायत नेता, कार्यकर्ताको उपस्थिति थियो । लोकमार्ग भएर रुकुम जाने सिलसिलामा अर्थमन्त्री शर्माले गलकोटको कार्यक्रममा भाग लिएका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: