NTC Banar
Khabar Dabali १२ चैत्र २०७९ आईतवार | 26th March, 2023 Sun

राष्ट्रिय स्वाधीनताको रक्षा गर्न हामी सबै पार्टी एक हुनुपर्दछ: प्रधानमन्त्री देउवा

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै  प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दाहरुमा समान धारणा बनाउन संवाद सहकार्य आवश्यक रहेको बताएका छन् । 

उनले दलहरुबीच नीतिगत विषयमा भएका बिमतिहरुलाई संविधानमार्फत निर्धारण गरेका विधिबाट टुङ्गो लगाउनुपर्ने बताएका हुन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका  प्रधानमन्त्री देउवाले भने, “त्यसलाई हामी सबैले स्वीकार गर्ने पद्धति बसाल्नु पर्दछ । नेपाली कांग्रेस पार्टी यिनै मूल्य मान्यताप्रति प्रतिबद्ध रहेको छ ।”

लोकतान्त्रिक संसदीय शासन, पद्धतिको मर्मअनुसार १०औँ महाधिवेशन आयोजना गर्ने नेकपा एमालेलाई बधाई दिँदै उनले महाधिवेशनको पूर्ण सफलताको कामना पनि गरे । उनले भने, “नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न उतारचढाव पार गर्दै देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न हामी सफल भएका हौँ ।” सबै मिलेर संविधानसभाबाट नयाँ संविधान बनाएको स्मरण गराउँदै उनले यसलाई संस्थागत गर्न जिम्मेवारी सबै दलहरुमा रहेको बताए  । 

प्रधानमन्त्री देउवाले नयाँ संविधानमार्फत लोकतन्त्रका मूल्य र मान्यतालाई संस्थागत गर्न यस अभियानमा विभिन्न राजनैतिक दलहरुसँगै नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै  हामीहरुबीच मतभेदहरु रहेको छ र त्यसैका कारण फरक राजनैतिक दलमा आबद्ध भएको बताए । उलने भने,  “लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन पद्धति बनाउन, कानुनी शासन र जनाधिकार स्थापना गर्न, व्यक्तिगत स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न तथा राष्ट्रियतामा जनतालाई सुनिश्चित गर्दै देशलाई समृद्ध बनाउन एवम् समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्‍याउन हामी सबै पार्टी एक हुनुपर्दछ ।” 

उनले  हामी सहमति, सद्भावबाट हरेक समस्याको समाधान निकाल्न चाहन्छाँै भने । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत उनका  साथीहरु आफ्नो जेलका साथी भएको भन्दै उनले जुन अवस्था आफूहरुले भोग्याँै अब जनताले भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताए । उनले भने “यी सबै कुराहरु हामी सबैले भोग्याँै । जेलमा भोगेका दु:खलाई ध्यानमा राखेर भोलिका दिनमा कुनै नेपालीलाई कहीँ दु:ख नपरोस् भन्ने कुरामा हामी सचेत हुनुपर्छ ।” एउटा मूल्य र मान्यतालाई संस्थागत गर्न आफू प्रतिबद्ध रहेको भन्दै उनले नेकपा एमालेले सरकारका विधि, विधानलाई थिति बसाल्ने काममा साथ दिनुपर्ने बताए । 

प्रधानमन्त्री देउवाले मुलुक कोरोनाले आक्रान्त भएका बेला खोप पुर्‍याउनु हाम्रो पहिलो कर्तव्य थियो भन्दै सबैको साथ र सहयोगले लक्ष्य हासिल गर्न सफल भएको बताए  । नागरिकको जीवन रक्षाजस्तो यो महान् कार्यमा सबै राजनीतिक दल, सामाजिक संस्था तथा नागरिकहरु मित्रराष्ट्र, दातृ संस्थाहरुबाट प्राप्त सहयोगप्रति उनले सम्मान व्यक्त गरे । कोरोना भाइरस सङ्क्रमण अहिले निराकरण हुँदै गएको भन्दै आर्थिक अवस्था सामान्य बन्दै गएको बताए । 

प्रधानमन्त्री देउवाले लोकतान्त्रिक संविधानको भावनाअनुरुप देशमा सुशासन, सद्भाव, समृद्धि कायम गर्न आफ्नो पार्टी पद्ध्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “मैले नेतृत्व गरेको वर्तमान सरकार यिनै मान्यताका आधारमा काम गर्ने विश्वास दिलाउँछु ।” संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुसँग सहकार्य गरी देश र जनतालाई केन्द्रमा राखेर साझा धारणाका मान्यतामा म आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले भने । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक रेडियोले श्रम संस्कृतिलाई प्रोत्साहन गर्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् । सामुदा...

मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न ९ बुँदे सम्झौता

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक न...

समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन्। लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्...

नदी किनारका अनधिकृत बस्ती हटाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले श...

धनुषामा दुईवटा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेक...

एक–दुई दिनमै मन्त्रिपरिषदले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दल...

कोटेश्वर क्याम्पसको अध्‍यक्षमा नेविसंघका संजय बुढाथोकी सर्वसम्मत चयन

काठमाडौँ। कोटेश्वर बहुमुखी क्‍याम्पसको अध्‍यक्षमा नेविसंघका संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका छन्। शुक्रबार कोटेश्वर क्याम्पसमा बसेको सर्वपक्ष...

बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन : महामन्त्री थापा

काठमाडौँ। बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन स् महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा...

फिफा वरीयतामा नेपालको तीन स्थान सुधार, १०० औँ स्थानमा

काठमाडौं। नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल...

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन पक्राउ

काठमाडौं। झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन्।  धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममा...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page