Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

राष्ट्रिय बाघ सर्वेक्षण: बाघको सङ्ख्या बढाउन चुनौती

रासस

नवलपुर । यही मङ्सिर १९ देखि सुरु हुने राष्ट्रिय बाघ सर्वेक्षणका क्रममा ९०० क्यामेरा र १०० गणक परिचालन हुने भएका छन् । बाघ गणनाको उद्घाटन चितवन राष्ट्रिय निकुञ्जको सौराहामा गरिने भएको छ । 

निकुञ्जले चितवन–पर्सा कम्प्लेक्सको गणनामा क्यामेरा र गणक परिचालन गर्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार देशभर बाघ पाइने निकुञ्जलाई तीन कम्प्लेक्समा विभाजन गरी बाघ गणना अघि बढाइने जानकारी दिए । पहिलो कम्प्लेक्समा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा २० दिनमा गणना गरी सक्ने जानकारी दिए  । निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रभन्दा बाहिर राष्ट्रिय वन क्षेत्रमा समेत बाघ भेटिएको भन्दै आचार्यले सर्लाहीसम्म बाघ गणना गर्न क्यामेरा ट्यापिङ गरिने बताए ।

बाघ गणनाको समयमा मङ्सिर १९ देखि २० गतेसम्म मध्यवर्ती वन क्षेत्र र क्यामेरा ट्यापिङमा राखिएको राष्ट्रिय वनमा घाँस, दाउरा काट्न लागि नजानसमेत आचार्यले आग्रह गरेका छन्  । “बाघ एकदमै लजालु जनावर हो”, आचार्यले भने, “क्यामेरा ट्यापिङको क्रममा मानिसको मुभमेन्ट भयो भने बाघ नदेखिन सक्छ ।” 

बाघ गणनाका क्रममा प्रत्येक स्थानमा एक जोडी क्यामेरा राखिँदैछ । एकजोडी क्यामेराको दूरी आठदेखि १६ मिटरसम्म रहने तर दुवै क्यामेराले एउटै बाघको एकैपटक फोटो खिच्ने आचार्यले बताए । “बाघ गणनाको क्रममा निकुञ्जलाई ग्रिड (बाघको क्षेत्र निर्धारण गर्दै वर्गाकार बनाउने)मा विभाजन गर्नेछौँ”, उनले भने, “एक जोडी क्यामेराबाट अर्को जोडी क्यामेराको दूरी एकदेखि दुई किलोमिटर रहनेछ ।”

जमिनबाट करिब ४५ देखि ६० सेन्टीमिटरको उचाइमा क्यामेरा राखिँदैछ । बाघ हिँड्ने बाटोलाई केन्द्रमा राख्दै गणनाका लागि चारदेखि आठ मिटरको दूरीमा क्यामेरा राखिनेछ । यसपटक बाघको मात्रै गणना हुने भएकाले गणना सकिएर नजिता प्रकाशन भएपछि पुन: अन्य जनावरको गणना गरिने आचार्यले बताए । 

“अघिल्लो पटक बाघ र अन्य जनावरको एकैपटक गणना गरिएको थियो”, उनले भने, “अहिले जङ्गलमा झाडी भएका कारण अन्य जनावरको गणनामा समस्या हुन भएकाले मार्चपछि मात्रै गणना गर्छौँ ।” 

क्यामेरा नष्ट हुने डर 

बाघ गणनाका लागि प्रयोग भएका क्यामेरा चोरी हुने तथा नष्ट हुने डर रहेको निकुञ्जले जनाएको छ । यसअघिका गणनामा केही क्यामेरा चोरी भएका तथा केही हात्ती र बाघले नष्ट गरेको पाइएको आचार्यले बताए  । “बाघको फोटो खिच्न राखिने क्यामेरा बाघको फोटो खिच्नबाहेक अन्य काममा प्रयोग गर्न सकिँदैन”, उनले भने, “बाघ गणनामा स्वचालित क्यामेरा प्रयोग हुनेछ, त्यसले बाघको मात्रै फोटो खिच्ने गरी निर्माण गरिएको हुन्छ, अन्य कुनै पनि प्रयोजनमा काम लाग्दैन ।”
 
बाघको सङ्ख्या बढाउन चुनौती 

सन् २०१० मा रसियाको सेन्ट पिटरवर्गमा भएको बाघ पाउने १३ मुलुकको सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले सन् २००९ मा नेपालमा १२१ बाघ भएकामा सन् २०२२ सम्म २५० बाघ पुर्‍याउने प्रतिबद्धता जनाएअनुसार संरक्षणको काम भइरहेको जानकारी दिए । “हरेक पाँच वर्षमा बाघ गणना गरिँदै आएको छ”, उनले भने, “सन् २०१३ मा बाघको सङ्ख्या १९८ पुग्यो, सन् २०१८ को गणनामा बाघको सङ्ख्या २३५ पुगेको छ ।” 

अघिल्लो गणनामा बाघको सङ्ख्या २३५ पुगेको भए पनि अबको गणनामा बाघको सङ्ख्या २५० पुग्नेमा चुनौती रहेको साहको भनाइ छ । “कुनै पनि वन्यजन्तुको सङ्ख्या वृद्धि भइरहँदैन”, उनले भने, “निश्चित विन्दुमा पुगेपछि स्थिर वा घट्ने क्रम सुरु हुन्छ, नेपालका संरक्षित क्षेत्रमा समेत बाघको सङ्ख्या वृद्धि गर्नु अब चुनौती बन्दै गएको छ ।” यस पटकको गणनामा १५ बाघ थपिएको अवस्थामा सङ्ख्या दोब्बर पुर्‍याउने नेपाल पहिलो देश हुने उनले बताए  ।

“बाघको सङ्ख्या वृद्धिका लागि हामीले बासस्थान व्यवस्थापन, चोरी सिकारी नियन्त्रण, संरक्षण शिक्षालगायतमा जोड दिँदै आएका छौँ”, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यले भने, “सरकारी संयन्त्रका साथै समुदायको साथ र सहयोगबाट बाघको सङ्ख्या वृद्धि हुनेमा हामी आशावादी छौँ ।” चितवन राष्ट्रिय निकुञ्जमा सन् २००८ को तुलनामा २०१३ मा बाघको सङ्ख्या वृद्धि भएको देखिए पनि सन् २०१८ मा भने बाघको सङ्ख्या घट्दा चुनौती थपिएको आचार्यको भनाइ छ ।

चितवन निकुञ्जमा सन् २००९ मा ९३, सन् २०१३ मा १२० र सन् २०१८ मा ९३ मात्रै बाघ भेटिएका थिए । त्यस्तै शुक्लाफाँटामा पनि सन् २०१३ र २०१८ को गणनामा बाघको सङ्ख्या स्थिर देखिएको आचार्यको भनाइ छ । शुक्लाफाँटामा सन् २००९ मा आठ, २०१३ मा १७ तथा २०१८ मा १६ वटामात्रै बाघ भेटिएका थिए । पछिल्ला गणनामा पर्सा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको सङ्ख्या बढेको थियो । सन् २००९ को गणनामा पर्सामा चार, बर्दियामा १८ बाघ पाइएकामा सन् २०१३ मा पर्सामा सात, बाँकेमा चार तथा बर्दियामा ५० बाघ भेटिएका थिए । त्यस्तै सन् २०१८ मा पर्सामा १८, बाँकेमा २१ तथा बर्दियामा ८७ बाघ भेटिएका थिए । सन् २००९ मा बाँकेमा बाघ गणना गरिएको थिएन । 

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बाघ लजालु जनावर भए पनि मानवीय कारणले हिंस्रक बनाएको बताए । “कुनै नयाँ कुरा देखेपछि बाघ तर्किएर हिँड्छ”, उनले भने, “हाम्रै कारणले बाघ हिंस्रक बन्दैछ, हामीले बाघको क्षेत्रमा अवरोध पुर्‍याउँदा उसले मानिसमाथि आक्रमण गर्न सुरु गरेको हो ।” बासस्थान संरक्षण, आहाराका कारण बाघको जनसङ्ख्यामा प्रभाव पर्ने उल्लेख गर्दै ढुङ्गानाले बाघका कारण सिङ्गो पर्यावरण नै प्रभावित हुने बताए ।
 
नेपालमा बाघ पाइने क्षेत्रमध्ये चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स, बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जलाई दोस्रो कम्प्लेक्स तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कञ्चनपुरको पुर्नवासमा पर्ने लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर बाघ गणना हुँदैछ । चितवन–पर्सा कम्प्लेक्सलाई पनि तीन क्लस्टरमा विभाजन गरेर बाघ गणना गरिनेछ । बाघ गणनाको नजिता भने सन् २०२२ को मार्च महिनाभित्र सार्वजनिक गर्ने गरी काम अघि बढाइँदै छ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy