नवलपुर । जिल्लाका बन्दीपुरमा निर्माणाधीन केबुलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ । गत ददैँ अघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो ।
बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण करिब ९५ प्रतिशत पूरा भएको छ । भवन निर्माणसँगै केबुलकारको ‘स्ट्रक्चर’को निर्माण अन्तिम चरणमा पुगेको छ । करिब डेढ तला क्विन टावर थप गर्नुपर्ने भएकाले मेकानिकल इक्युपमेन्ट बाहिरबाट ल्याउनुपर्ने हुँदा अझै केही समय लाग्ने देखिएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
केबुलकारको क्यापासिटी बढाउने गरी स्टालेसन गर्ने कार्य भइरहेको छ । उनले भने, “इक्युमेन्ट प्रोडक्ट स्वदेशमै उत्पादन भए पनि टेक्नोलोजी बाहिरबाट आउनुपर्ने भएकाले ढिलाइ हुने भएको हो ।” गत वर्षको दसँैदेखि केबुलकार सञ्चालनमा ल्याउने प्रयास गरिए पनि कोरोनाका कारण निर्माणमा ढिलाइ हुन गएको उनले बताए ।
एक वर्षअघि नै सञ्चालनमा ल्याउनुपर्ने योजना हो तर ढिलो भइहाल्यो, त्यसैले गुणस्तर र आकर्षण किसिमको बनाऊ भनेर लागिएकाले पनि ढिलाइ हुन पुगेको हो । उनले भने, “अब जति सक्दो छिटो सञ्चालन गर्ने तयारीका साथ काम थालिएको छ ।”
सुरुमा तीन सयसम्म कामदार रहे पनि अहिले ५० देखि ६० जना कामदारले निरन्तर काम गरिरहेका छन् । फिनिसिङका लागि दक्ष जनशक्ति आवश्यक पर्ने भएकोले पुन : जनशक्ति बृद्धि गरिनेछ ।
बन्दीपुर केबुलकार परियोजनाले पन्ध्र तले क्विन टावरको दक्षिण एसियामा नै फरक उद्देश्यसहित निर्माण गरेको छ । केबुलकार सिधै चारतारे होटेलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
उक्त चारतारे होटेलबाट मनोरम सूर्योदयको दृश्य देख्न सकिनेछ । होटेलमा सिसमहल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बङ्गला, एक हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्विमिङ पुल र ६६ कोठा रहनेछन् । माथिल्लो स्टेसनमा निर्माण हुने क्विन टावरको लागत भने रु ८० करोड रहेको छ ।
कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जीजम्प, अग्लो मेकानिकल स्विङ, म्युजिकल वाटर सोसमेत बनाउने तयारी गरेको सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए ।
बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन रहनेछ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सयजनाले एकै पटकमा वारपार गर्न सक्नेछन् ।
केबुलकारले एक किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ । बैंकिङ पार्टनरका रूपमा नेपाल एसबिआई बैंक र एनएमबी बैंक लिमिटेड रहेका छन् । बन्दीपुर केबुलकार एन्ड टुरिजमको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेकामा स्वपूँजी र कर्जा अनुपात ३९–६१ रहेको छ ।
परियोजनामा आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर वितरण गरेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: