Ntc summer Offer
Khabar Dabali ९ आश्विन २०८१ बुधबार | 25th September, 2024 Wed
NIMB

अख्तियार आयोगमा उजुरीको सङ्ख्या दैनिक बढ्दै

खबरडबली संवाददाता

भजनी । सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको सङ्ख्या दैनिक बढ्दै गएको छ । आयोगले कैलालीको टीकापुरमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा दैनिक उजुरी बढ्दै गएको जनाएको छ । 

 
आयोगका अनुसार आर्थिक वर्ष २७७/७८ मा  कार्यालयमा ९०७ उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७  देखि ८३८ उजुरी सरिआएका थिए भने तीमध्ये ७०७ उजुरी आत्रै फछ्र्यौट भएको आयोगको कार्यालयका अनुसन्धान अधिकृत रामचन्द्र बस्नेतले जानकारी दिए ।  गत आवमा सबैभन्दा बढी स्थानीय तहका उजुरी परेको उल्लेख गर्दै अनुसन्धान अधिकृत बस्नेतले स्थानीय तह अन्तर्गतका ३३३ उजुरी परेकामा शिक्षाअन्तर्गत १४३ र उद्योग वन पर्यटनअन्तर्गत ९६ उजुरी परेको बताए ।

आयोगले गत आवमा ११४ उजुरीअन्तर्गत ४४३ जनाका नाममा अदालतमा मुद्दा दायर गरेको भन्दै अनुसन्धान अधिकृत बस्नेतले मुद्दा दायर भएका व्यक्तिबाट आयोगले रु एक अर्ब ८९ करोड ४७ लाख ३५ हजार बिगो माग दाबी गरिएको बताए । कार्यालयले हाल ८३ उजुरीको विस्तृत र एक हजार ६७ उजुरीको प्रारम्भिक अनुसन्धान गरिरहेको छ । सबैभन्दा बढी कैलालीका २७६ र सबैभन्दा कम बाजुराका ४५ रउजुरी छन् ।

कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष उमा महतोले अनियमितता नेतृत्वबाटै बढी हुने गरेको स्पष्ट पार्दै स्थानीय तहमा धेरै चुनौतीका बाबजुद काम गर्दै जाँदा समस्या भएको हुनसक्ने बताए । “हामी जनप्रतिनिधि नाङ्गो आँखा हौँ । हामीले हेर्ने नाङ्गो आँखाले मात्रै हो”, उनले भने, “स्थानीय तहलाई कानून र विधिलाई व्यवस्थापन गर्न लामो समय लागेका कारण पनि भ्रष्टाचार बढेको देखिन्छ । खासमा सही नियतले काम गर्न सकेमात्र भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिन्छ ।”
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख रामबहादुर कुरुम्बाङले दक्ष व्यक्तिबाट नै भ्रष्टाचारको खतरा बढ्दै गएको बताउँदै नेपालको निर्वाचन प्रणाली बढी खर्चिलो भएकै कारणले पनि भ्रष्टाचार बढेको उल्लेख गरे । उनले अख्तियारसँग कर्मचारीले त्रसित हुनुपर्ने कुनै कारण नभएको भन्दै सबैको सामूहिक प्रयासले मात्रै भ्रष्टाचारलाई कम गर्न सकिने बताए ।

भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले कर्मचारीलाई स्थानीय तहमा काम गर्न निकै चुनौती भएको बताउँदै चुनौतीसँगै सिकाइका अवसर पनि स्थानीय तहमा रहेको बताए । स्थानीय तहमा उपभोक्ता समिति गठनका लागि केन्द्रबाट कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने भन्दै भ्रष्टाचारका विषयमा कर्मचारी र जनप्रतिनिधिलाई सँगै राखेर छलफल चलाउन आवश्यक रहेको उनको भनाइ छ । 
 
जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद उपाध्यायले अख्तियारमा उजुरी बढ्दै गएको भए पनि त्यसको फरफारकमा निकै समय लाग्ने गरेको उल्लेख गर्दै गलत नियतले हालिएका उजुरीका हकमा त्यसो गर्नेलाई पनि कारवाहीको व्यवस्था हुन आवश्यक रहेको बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy