Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

मन्त्री आले– ढुक्क हुनुहोस् पोखराको रत्नमन्दिर र हिमागृह छिट्टै खुलाउँछु

खबरडबली संवाददाता
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पोखराको पर्यटन विकाससँगै रत्नमन्दिर र हिमागृह जसरी पनि खोल्न पहल गर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री आलेले आफू पर्यटन विकास गर्नकै लागि मन्त्रीको जिम्मेवारी लिएको जनाउँदै पर्यटकीय नगरी पोखराको पर्यटनमा विशेष चासो दिने बताए  । उनले भने, “मैले पोखराको रत्नमन्दिरर  हिमागृह खुला गर्ने विषयमा धेरै समाचार पढेँ र यहाँ आउनुअघि पनि रक्षामन्त्रीसँग यसबारेमा बुझ्न प्रयास गरेँ,  के कारणले खुल्न नसकेको हो, म काठमाडौँ गएर बुझ्छु र  छिट्टै खोल्न पहल गर्छु, ढुक्क हुनुहोस् म खुलाउँछु ।” 
 
मन्त्री आलेले पर्यटन क्षेत्रका पूर्वाधार विकासका लागि संस्थागत सेटिङबाट हुने गरेको भ्रष्टाचार न्यूनीकरणका लागि आफूले विशेष पहल थालेर अगाडि बढेको बताए । उनले भने पोखरा विमानस्थल सञ्चालनका लागि आवश्यक रिठेपानीको डाँडा कटानलगायत समस्यालाई गम्भीरूपमा लिएको र त्यसको समाधानको लागि आफू प्रतिबद्ध रहेको बताए । 
 
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले पोखरामा पर्यटन क्षेत्रको समस्याका बारेमा आफू अवगत रहेको जनाउँदै नीति बनाएर यसको समाधानको लागि पहल गरिरहेको जानकारी दिए । 
 
उनले  सङ्घीय पर्यटन ऐन बनेपछि प्रदेशको ऐन बनाउन सहज हुने जनाउँदै त्यो गाँठो फुकाउन सङ्घीय मन्त्रीलाई ध्यानाकर्षण गराए । उलने  निजी क्षेत्र प्रोत्साहन गर्ने प्रदेशको नीति रहेको जनाउँदै पर्यटन विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए । 
 
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन विकासमा राज्यले स्पष्ट नीति बनाएर अगाडि बढ्न नसक्दा यस क्षेत्रका व्यवसायी निराश भएको बताए । उलने विमानस्थल सञ्चालनका लागि रिठेपानीको डाँडा, ल्याण्डफिल र नहर समस्या प्रमुख रहेको भन्दै छिटोभन्दा छिटो यसको समाधान गरेर पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान गराउनुपर्ने जोड दिए । 
 
अध्यक्ष भट्टराईले पर्यटन मजदुरका लागि जम्मा गरिएको टिम्सको रकम मजदुरका लागि खर्च गर्नुपर्ने, विभिन्न पदमार्गमा मल्टिपल इन्ट्री, पदमार्ग संरक्षणसँगै व्यवसायीलाई पाँच प्रतिशतमा ऋण प्रवाह गर्नुपर्ने र बैंकले दुई वर्षसम्म किस्ता ब्याज भुक्तानको समय दिनुपर्नेलगायत विषयमा सुनुवाइ नभएको भन्दै मन्त्रीलाई ध्यानाकर्षण गराएका थिए  ।
 
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेर यहाँका प्राकृतिक सुन्दरतालाई व्यवस्थित गरेर अगाडि लानुपर्नेमा जोड दिए । पोखराको फेवाताल विश्वको १३औँ सुन्दर तालमा पर्ने तथा फेवाताल मापदण्डको विषयलाई टुङ्ग्याएर सौन्दर्य अभिवृद्धिमा ध्यान दिनु पर्ने उनको भनाइ थियो । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy