Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

विकास निर्माणको काम जति गर्नुपर्ने हो त्यति गर्न सकिएन: मन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

दमौली । नेकपा (एकीकृत समाजवादी) भानु नगर कमिटीले आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा विकास निर्माणको कामले छलाङ मारेको जिकिर गरेका छन्  ।  उनले आफू प्रतिनिधिसभामा निर्वाचित भएपछि तीन वर्षको अवधिमा धेरै काम भएको उल्लेख गरे ।

“साढे तीन वर्षको अवधिमा विकास निर्माणको कामले छलाङ मारेको छ, तर त्यसबाट म सन्तुष्ट छैन”, मन्त्री श्रेष्ठले भने, “जति गर्नुपर्ने हो त्यति गर्न सकिएन, अझै पनि विकास निर्माणलाई तीव्रता दिन्छौँ ।” मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा तनहुँमा नेकपा (एकीकृत समाजवादी)ले जित्ने दाबी गरे । 

“तनहुँमा हाम्रो पार्टीको प्रभाव शून्य छ भनेर हल्ला फैलाइएको छ, आगामी निर्वाचनबाट थाहा हुन्छ, कसको पार्टीको हैसियत के छ भनेर”, उनले भने । उनले मादी–मस्र्याङ्दी, डुम्रे–चाम्बास सडकको बोलपत्र भइसकेको र काम सुरु भएको बताए ।

मन्त्री श्रेष्ठले करिब दुईतिहाइको मत प्राप्त गरे पनि नेकपा (एमाले) नेतृत्व सरकारले त्यसको सदुपयोग गर्न नसकेको आरोप लगाए । उनले  पार्टी फुटाउने रहर नभई बाध्यता भएको उल्लेख गर्दै अब पार्टीको सङ्गठन विस्तारमा जोड दिइने चर्चा गरे । 

मन्त्री श्रेष्ठले श्रम तथा रोजगार क्षेत्रमा भएका अनियमितताको सुधारको काम सुरु भइसकेको बताए । उलने  विदेश जाने अधिकांश युवा अदक्ष हुने गरेकाले उनीहरुलाई दक्ष बनाउन तालिम केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको जानकारी गराए । सीप र क्षमताका आधारमा सबै युवालाई रोजगारी दिइने मन्त्री श्रेष्ठको भनाइ थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE