Khabar Dabali १ भाद्र २०७९ बुधबार | 17th August, 2022 Wed

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि खोप नलगाएकालाई भारत प्रवेशमा रोक

खबरडबली संवाददाता

बैतडी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । 

बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए । “भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ ।” देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ । उनले भने, “कोरोनाको दुवै मात्रा खोप लगाएको १५ दिनपछि मात्रै भारत प्रवेश गर्न दिने भनेको छ ।”

भारत जाने नेपाली नागरिकले अनिवार्यरूपमा १५ दिन अगाडि खोपको दुवै मात्रा लगाएको प्रमाण बोकेर जान प्रशासनले अनुरोध गरेको छ । खोप कार्ड नभएका नेपाली नागरिक भारत पस्न रोक लगाइएको छ । यसका साथै झुलाघाट नाकाबाट स्वदेश फर्किने नागरिकले अनिवार्यरूपमा सात दिन क्वारेन्टिन बस्नुपर्ने सूचना अधिकारी भारतीले जानकारी दिए ।  झुलाघाट नाकामा एन्टिजेन परीक्षण जारी रहेको भए पनि सात दिनसम्म यसको लक्षण देखा पर्नसक्ने भएकाले स्वदेश फर्किने नागरिकलाई अनिवार्यरूपमा क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो । 

सीमानाकामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न पनि भनिएको छ । जिल्लामा हाल दुई जनामात्रै कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने सङ्क्रमणका कारण हालसम्म १८ जनाको ज्यान गइसकेको छ । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिएकी छन्  । पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ही...

बाढीमा परी ३१ जनाको मृत्यु, कैयौं बेपत्ता

काबुल । अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीले कम्तीमा ३१ जनाको मृत्यु  हुनुको साथै १७ जना घाइते भएका छन् । मृतक सङ्ख्या बढ्न सक्ने सम्भावना रहेको...

स्ट्यान्डर्ड नाप र तौल विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले  राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल ९पाँचौँ संशोधन० विधेयक’ २०७८ बहुमतले पारित गरेको छ ।  उद...

म्यानमारकी नेतृ सुकीलाई थप ६ वर्षको जेल सजाय

नेपिडाव । म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय थपिएको छ । आङ सान सुकीलाई आफ्नो पदको द...

आफ्नै भाइसहित ३ जना नातेदारलाई एसिड प्रहार गर्ने रावत पक्राउ

सल्यान । आफ्नै ३ जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गर...

विद्युत्का २७१ सेवाग्राही कालोसूचीमा

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राही...

जनतामा नेकपा एमालेको ठूलो प्रभाव छ: उपाध्यक्ष ज्ञवाली

राँझा । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन् ।  नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा...

बुटवलमा दुर्घटना हुँदा २८ वर्षीय खत्रीको मृत्यु

रुपन्देही । बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ । लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ क...

सिरियामा आइएसका एक कमाण्डर मारिए

दमासकस । सिरियाली सुरक्षा निकायले गरेको एक कारबाहीमा यहाँको आतङ्कवादी समूह आइएसका एकजना वरिष्ठ कमाण्डर मारिएका छन् ।सिरियाली सेनाले देशको दक्षिणी प्रा...

सार्वजनिक ऋण व्यवस्थापन विधेयक बुहमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई  बुहमतले पारित गरेको छ ।  अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पार...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page