Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

शिवाकोटीलाई मानार्थ कोरियाली नागरिक सम्मान

रासस
सउल ।  दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ ।  मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्वारा आयोजित समारोहबीच  कोरियाको मानार्थ नागरिकको सम्मान प्राप्त गरेका हुन् । 
 
महानगरपालिकाले हरेक वर्ष विदेशीलाई यस्तो सम्मान  दिन्छ । दक्षिण कोरिया सरकारले नेपाल र कोरियाको सांस्कृतिक, आर्थिक सम्बन्ध निर्माण गर्न पुलको भूमिका निर्वाह गरेवापत उहाँलाई सो सम्मान दिएको हो ।  उनले   महानगरपालिकाका प्रमुख उ सेहुन्बाट सम्मानपत्र, मानार्थ नागरिकताको प्रमाणपत्र र एक रजत पदक प्राप्त गरे । 
 
मानार्थ नागरिक सम्मान
 
कोरिया सरकारले आफ्नो देशको विकासमा योगदान दिने विदेशीको  खोजी गर्दैै मानार्थ नागरिक सम्मान दिन्छ ।हरेक वर्ष प्रदान हुने सो सम्मान प्राप्त गर्न निश्चित मापदण्ड तोकिएका छन् । सम्मान प्रदान गर्नुअघि विदेशी नागरिकलाई लक्ष्य गरी यहाँको सउल मेट्रोपोलिसन गभर्मेन्टको योजना तथा प्रशासन मन्त्रालयअन्तर्गतको इन्टरनेशनल रिलेसन डिभिजनले मानार्थ नागरिकका लागि प्रस्ताव आह्वान गर्छ ।  जसले सम्मान प्राप्त गर्नका लागि आफू योग्य भएको आवेदन दिन्छ, उसका लागि दक्षिण कोरियामा, विशेषगरी सउल महानगरपालिकामा बसोबास गर्ने ३० जनाले सिफारिस गर्नुपर्छ । त्यसपछि महानगरपालिकाले वर्षमा एक देशबाट एक वा दुई जनासम्मलाई सो सम्मान दिन्छ । 
 
मानार्थ नागरिक पाउने नेपाली
 
सन् १९५८ देखि हालसम्म नेपालीसहित विश्वका १०० भन्दा बढी मुलुकका करिब ९०० नागरिकले सो सम्मान प्राप्त गरिसकेको महानगरपालिकाले जनाएको छ । पचास हजारभन्दा बढी नेपाली बसोबास गर्ने कोरियामा नेपालका तर्फबाट शिवाकोटीसहित हालसम्म १० जनाले सो सम्मान प्राप्त गरिसकेका छन् । यसअघि नेपाली नागरिक केपी सिटौला, तेञ्जि शेर्पा, राजु क्षेत्री, हर्कबहादुर गुरुङ, जुनु गुरुङ, गम्भीरमान श्रेष्ठ, विपीन गुरुङ, सुजन शाक्य, भजिन्द्र क्षेत्री र भानु श्रेष्ठले सो सम्मान पाइसकेका छन् । 
 
व्यवसायी, संस्कृतिकर्मी र स्वयंसेवक 
 
मोरङका स्थायी बासिन्दा शिवाकोटी सन् २००६ मा कामदारका रूपमा कोरिया प्रवेश गरेका हुन् ।  अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरिरहेका शिवाकोटी कोरियामा भविष्य छ जस्तो लागेर पढाइ छाडेर आफू विदेशिएको बताए । सो समयमा रोजगार अनुमति प्रणालीको व्यवस्था थिएन । उनी  मुनड्रप्स मेनपावरबाट दक्षिण कोरिया प्रवेश गर्नुभएको हो । 
 
सन् २००८ देखि कोरिया र नेपाल सरकारबीच इपिएससम्बन्धी सम्झौता भयो । रोजगार संस्थाबाट आउने सबैलाई इपिएस अन्तर्गत पुन: सम्झौता भयो र पालैपालो गरेर अझै थप १० वर्षका लागि प्रवेशाज्ञा लागे ।  “११ वर्ष एउटै कम्पनीमा काम गरेपछि कमाएको पैसाले कोरियामै व्यवसाय गर्नुपर्छ भन्ने मलाई लाग्यो । सम्भावना पनि यता धेरै थियो”, उनले भने ।  उनले करिब रु एक करोड ३० लाखका लगानीमा  राजधानी सउलमा निरोशा रेष्टुरेन्ट सञ्चालन गर्नुभयो । विशेषगरी नेपाली र भारतीय खाना र स्वाद पाइने उक्त रेष्टुरेन्टका सञ्चालक रूपमा उहाँको परिचय विस्तारै  कोरियामा फैलिन थाल्यो ।  सुरुआती चरणदेखि नै यहाँको एनआरएनए, एनसिसी, पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालगायत संस्थामा सल्लाहकारका रूपमा सेवा गरेका  शिवाकोटी हाल विभिन्न सङ्घसंस्थामा आबद्ध छन्  । 
 
उनले फुर्सदका समयमा स्थानीय प्रहरीसँग सम्पर्क बढाउने तथा यहाँका सङ्घसंस्थामार्फत स्वयंसेवा गर्ने कार्य गर्दै पनि गए ।  यसो गर्दै जाँदा कोरियामा सन् २०१७ देखि यहाँको एशियाली संस्कृतिमा सहभागी हुने र नेपाली संस्कृतिलाई पनि सहभागी गराउने मौका मिल्यो ।  सन् २०१९ देखि २०२१ का लागि उहाँलाई १८ वर्षमुनिका बालबालिकाका लागूऔषध सेवन रोकथाम अभियानमा स्वयंसेवा गर्ने अवसर मिल्यो । 
 
स्वयंसेवाकै क्रममा कोरोनाबारे जानकारी दिने तथा कोरोनाविरुद्धको खोप अभियानमा निरन्तर सहयोग पुर्‍याउने कामले सो सम्मान दिलाएको उनले बताए  । “यो मानार्थ नागरिकको सम्मान सिङ्गो नेपालले खुसी विषय हुन सक्छ”, शिवाकोटीले बताए ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending