Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

जिल्ला अस्पतालमा अब भेन्टिलेटरसहितको उपचार सेवा

खबरडबली संवाददाता

उदयपुर । लामो समयको प्रतिक्षापछि जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालन हुने भएको छ । अस्पतालका अनुसार गम्भीर प्रकृतिका बिरामीका लागि आइसीयू सेवा सुरु गर्न स्वास्थ्य सेवा विभाग तथा प्रसूति विभागले  एनेस्थेसिया चिकित्सकसहित अन्य दुई प्रसूति विशेषज्ञ पठाएको छ ।

एनेस्थेसियोलोजिष्ट डा कौशल तामाङलाई स्वास्थ्य विभागबाट जिल्ला अस्पतालमा खटाकाले यसै हप्तादेखि सो सेवा सञ्चालन हुन लागेको जिल्ला अस्पतालका प्रमुख डा जीवनारायण मण्डलले बताए । स्वास्थ्य सेवा विभागले तीन वर्षअघि नै भेन्टिलेटर सेवासहितको आइसीयू सेवा सञ्चालन गर्न रु एक करोड बजेट व्यवस्थापन गरेको थियो । दुई भेन्टिलेटर मेसिन खरिद गरेर ल्याएको भए पनि एनेस्थेसिया चिकित्सक नहुँदा दुई वर्षदेखि उक्त मेसिन अस्पतालको कोठामै थन्किएको थियो ।

पटक–पटक आफूहरूले सम्बन्धित निकायमा एनेस्थेसिया चिकित्सकको माग गर्दा बल्ल विभागले  चिकित्सक पठाएपछि विसं २०३९ मा स्थापना भएको पहिलो अस्पतालमा आइसीयू सेवा गर्न लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियारले बताए । 

अब दुई वर्षदेखि कोठामा थन्किएका करोडौँ मूल्यका दुई भेन्टिलेटर मेसिन सञ्चालन गरिने र गम्भीर प्रकृतिका बिरामीको  उपचार हुने  जिल्ला अस्पताल उदयपुरले जनाएको छ । रु तीन लाख ५० हजार जनसङ्ख्या रहेको उदयपुरमा हालसम्म पनि भेन्टिलेटरसहितको आइसीयू सेवा नहुँदा गम्भीर प्रकृतिका बिरामी उपचारका लागि लाखौँ खर्चेर उपचारका लागि बाहिर धरान, विराटनगर, जनकपुर तथा काठमाडौँ जान बाध्य हुँदै आएका थिए । जिल्लामै सेवा पाउने भएपछि जिल्लावासी खुशी भएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending