Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

पूर्वराजदूत पौड्यालको समन्वयमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

खबरडबली संवाददाता

गुल्मी । विश्वमा पछिल्लो समयमा फैलिँदै गएको कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढ्न नदिनका लागि गुल्मीका स्थानीयस्तरमा सहयोगदाताहरूले पुन: स्वास्थ्य सामग्री उपलब्ध गराउन सुरु गरेका छन् । यसै अभियानअन्तर्गत नेपाल सरकारका पूर्व मुख्यसचिव एवं चीनका पूर्वराजदूत लीलामणि पौड्यालले गुल्मीमा २० थान अक्सिजन कन्सन्ट्रेटर सोमबार हस्तान्तरण गरेका छन् । 

हस्तान्तरण गरिएका सामग्रीमा गुल्मी अस्पताल तम्घासमा आठ, रिडी स्वास्थ्य केन्द्रमा दुई, धुर्कोटमा दुई, जोहाङमा दुई, श्रृङ्गामा दुई, बम्घामा एक, बलेटक्सारमा एक, मुसिकोट र चन्द्रकोटमा एक/एक गरी २० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । वितरण गरिएका सामग्री चिनियाँ सहयोगी हातहरूमार्फत चीनका पूर्वराजदूत पौड्यालको पहलमा जिल्लामा भित्र्याइएको हो ।
 
अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गर्दै पूर्वराजदूत पौड्यालले कोही पनि नागरिक अस्पताल पुगेर अक्सिजन अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफ्नो पहलमा चिनियाँ नागरिकको सहयोगमा उक्त सामग्री उपलब्ध गराइएको बताए । उनले उपलब्ध सामग्रीलाई स्वास्थ्य संस्थाले भरपुर उपययोग गर्नुपर्नेमा जोड दिएका थिए । 

सो अवसरमा गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले चिनियाँ हातहरूले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता प्रकारका सहयोगले स्वास्थ्य संस्थामा थप सहयोग पुग्नुका साथै बिरामी र स्वास्थ्यकर्मीको मनोबलसमेत बढ्दै जाने बताए । कार्यक्रममा स्थानीय पालिकाका अध्यक्ष एवं अन्य जनप्रतिनिधिले जिल्लाको स्वास्थ्य समस्यालाई बुझेर पौड्यालमार्फत चिनियाँ हातहरूले गरेको सहयोगप्रति उच्च प्रशंसा गरेका थिए । 

कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रमको संयोजन युवा समाजसेवी यदु ज्ञवाली र भुवनेश्वर अर्यालले गरेको थियो भने त्यसको सहजीकरण स्थानीय स्वास्थ्य संस्थाहरूबाट गोपालप्रसाद पाण्डे, रामलाल विश्वकर्मा, हरि ज्ञवाली, छत्र अधिकारी, लोकनाथ पाण्डे र रबि कँडेललगायतले गरेका थिए । चिनियाँ सहयोगी हातहरूमार्फत पूर्वराजदूत पौड्यालले यसअघि जिप्रका गुल्मीमार्फत जिल्लामा एक लाख थान मास्क प्रदान गरेका थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: