Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

‘उत्कृष्ट कृषि पुरस्कार’ पाएपछि दङ्ग लोपोन्मुख समुदायका प्रधान

रासस

झापा । मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका लोपोन्मुख समुदायका ५६ वर्षीय प्रधान किसान सोमबार ‘उत्कृष्ट कृषि पुरस्कार’ पाएपछि दङ्ग परे । उनलाई  लाल भागिरथा बानियाँ प्रतिष्ठानले नगद रु ३१ हजारसहित सम्मान गरेको थियो । दुई वर्षअघि स्थापना भएको प्रतिष्ठानले प्रत्येक वर्ष उत्कृष्ट किसानसहित सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्ने व्यक्तिहरूलाई पुरस्कृत गर्दै आएको छ । 

आमा ठेक्री किसान र बुवा रामचरण किसानको दोस्रो सन्तानका रूपमा विसं २०२२ मा झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीमा जन्मीएका प्रधान सानै उमेरदेखि खेती किसानीमा लागे । तर उनलाई खेतीपाती गर्ने मान्छेले पुरस्कार पाउँछ भन्ने कहिल्यै लागेन । उनी भन्छन्, “जीविका चलाउन अग्र्यानिक तरकारी खेती गर्थेँ आज त पुरस्कार पो पाएँ । पुरस्कारले उहाँलाई थप ऊर्जा मिलेको बताए । 

विसं २००७ तिर उनकाे बुवाआमा बाहुनडाँगीमा बसाइँ सरेर आएका थिए । अर्काको खेतीमा कमाइ गरेर जीविका चलाउँदै आएको परिवारमा पढ्ने अवसर सम्भव थिएन । अर्काको जग्गामा अधियाँ र ठेक्का गरेर खेती लगाउने उसबेलाको चलन थियो । विसं २०४७ तिर प्रधान किसानले भारतको नक्सलबाडी बजार गएर भारु ४० को बर्मेली मुलाको बीउ किनेर ल्याए । त्यसको साग प्रतिमुठ्ठा रु दुईका दरले बेचे । भरु ४० को बीउको साग बेच्दा रु दुई हजार ४८० आम्दानी भयो । यो नै उनले पहिलो व्यावसायिक तरकारी खेती र त्यसको कमाइ भएको बताए ।

अर्काको खेती कमाउँदा वर्षभरि हातमुख जोड्न मुस्किल हुने भएको हुँदा उनले तरकारी खेतीमा मन र धन लगाउन थाले । पहिलो कमाइको रु एक हजार ९०० हालेर एउटा पाडो किनेको सुनाए । घरमै भएको गोरु बेचेको पैसाले अर्को पाडो किनेपछि उनले परिवारका सबै सदस्यलाई तरकारी खेतीमै लगाएको बताए ।

किसान जाति नेपालको अल्पसङ्ख्यक जातीय समुदाय हो । करिब ५०० को हाराहारीमा उहाँहरूको बसोबास झापामा मात्र भएको मानिएको छ । सरकारले लोपोन्मुख समुदायको संरक्षण गर्न मासिकरूपमा सामाजिक सुरक्षा भत्तासमेत प्रदान गर्दै आएको छ । शिक्षा, रोजगारी, स्वास्थ्य, उद्यम आदिमा पछाडि पारिएको यो समुदायमा प्रधान किसान उदाहरणीय भएको महसुस गरेर प्रतिष्ठानले पुरस्कार प्रदान गरेको संस्थाका अध्यक्ष हरिचरण बानियाँले बताए ।

लोपोन्मुख समुदायका प्रधान किसानले अनेक प्रतिकूलताका बीच व्यावसायिक तरकारी खेतीमा देखाएको लगाव, मेहेनत र प्रतिफल समाजमा हरेक सुविधा र अवसरमा पहुँच राख्ने अन्य समुदायका लागि समेत अनुकरणीय हुने अध्यक्ष बानियाँको भनाइ छ । उनले भने, “किसान समुदायमा त उहाँ जत्तिको प्रगतिशील र जागरुक अर्को परिवार नै भेटिएन ।”

उनकै छिमेकी सामाजिक अभियानकर्मी रमा भण्डारीले उहाँले जे काम पनि मन लगाएर गर्ने बताए । उनी भन्छन्,  “उहाँले लगाएको खेतको आलीमा कमिला पनि चिप्लिन्छ भन्ने गाउँमा आहानै छ ।” उनले आफैँले गाई, राँगा, बाख्रा र कुखुरा पालेर त्यसको मल खेतीमा प्रयोग गर्ने गरेको यनको भनाइ छ । उनले फलाएको तरकारी विषादिरहित भएको हुँदा किन्नेहरूको बारीमै भीड लाग्ने गर्छ । उनले तरकारी खेतीबाट वार्षिक रु दुई लाख मुनाफा गर्दै आएको बताए । तरकारी खेतीबाटै बाँस, काठ र खरको पुरानो झुपडीको ठाउँमा उनले अहिले इँटा र सिमेन्टको एकतले पक्की घर बताए ।

प्रधानसँगै आज प्रतिष्ठानले उत्कृष्ट चिकित्सकका रूपमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सहप्राध्यापक एवं न्यूरो सर्जन डा गोपाल सेडाईँ र मेचीनगर–७ गोमनसरीकी गृहिणी ज्ञानु खड्कालाई असल गृहणीका रूपमा नगद रु ३१ हजारसहित सम्मानपत्रले सम्मान गरेको छ । विभिन्न क्षेत्रका प्रतिभाहरूलाई प्रोत्साहन र सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले दुई वर्षअघि स्थापना भएको प्रतिष्ठानले रु १० लाखको अक्षयकोष नै सञ्चालन गरिरहेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy