काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक अधिकारीले संसारमा यतिबेला लगाइँदै गरेको कोरोनाको भ्याक्सिन कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएको छ । दक्षिण अफ्रिकाको प्रयोगशालामा परीक्षणपछि फाइजरको भ्याक्सिनले ओमिक्रोनमा आंशिक प्रभाव मात्रै देखाएको थियो ।
डा. रायनले एएफपी समाचार संस्थालाई भने, ‘हामीसँग धेरै प्रभावकारी खोपहरू छन् जुन अहिलेसम्म गम्भीर बनाउने र अस्पतालमा भर्ना गराउने सबै प्रकारका भेरियन्टविरुद्ध प्रभावकारी सावित भएका छन् । ति खोपको प्रभाव ओमिक्रोनमा कम हुनेछ भनेर चिन्ता लिनुपर्ने कुनै कारण छैन ।’
‘प्रारम्भिक तथ्याङ्कअनुसार ओमिक्रोनले डेल्टा र अन्य भेरियन्टभन्दा कम मानिसहरूलाई संक्रमित गरेको देखाएको छ । यसले के देखाउँछ भने यो भेरियन्टले कम गम्भीर अवस्थामा पुर्याउँछ ।’, उनले भने।
भर्खरैमात्र दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले फाइजररबायोएनटेक भ्याक्सिन अन्य भेरियन्टको तुलनामा ओमिक्रोनमा ४० प्रतिशत कम प्रभावकारी भएको देखाएको थियो । तर, भाइरोलोजिस्ट प्रोफेसर एलेक्स सिगल, जो अनुसन्धानको हिस्सा थिए, उनले भ्याक्सिनद्वारा निर्मित एन्टिबडीबाट ओमिक्रोन जोगिनसक्ने क्षमता ‘अपूर्ण’ रहेको बताएका छन् । उनले १२ संक्रमितको रगत परीक्षण गर्दा आफूले आशा गरेभन्दा पनि राम्रो नतिजा पाएको बताए ।
प्रोफेसर सिगलले खोप अझै पनि यो भेरियन्टविरुद्ध प्रभावकारी हुन सक्ने दाबी गरे । उनका अनुसार अध्ययनले कोरोनाको नयाँ भेरियन्टविरुद्ध बुस्टर (अतिरिक्त भ्याक्सिन) डोज महत्वपूर्ण कदम हुनसक्ने देखाएको छ।
ओमिक्रोन सबैभन्दा बढी म्युटेड भएको कोरोनाभाइरसको नयाँ भेरियन्ट हो । यो पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो । यसलाई डेल्टाभन्दा बढी संक्रामक भेरियन्ट बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०७९ - २२:३४
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बलेफि गाउँपालिका– १ मा नेपाली काँग्रेसका हुप बहादुर खड्का विजयी भएका छन् । २०७४ सालमा भएको निर्वाचनमा यस वडाबाट नेकपा ए...
जेष्ठ ४ गते, २०७९ - २२:०२
कैलाली । कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत...
जेष्ठ ४ गते, २०७९ - २१:४४
पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादीमा जीप र बस ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपचालक बागलुङको का...
जेष्ठ ४ गते, २०७९ - २१:३४
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन्द्र साहले १८ हजार ८७८ मत ल्याएर अग्रता कायमै र...
जेष्ठ ४ गते, २०७९ - २१:१८
राँझा । बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा कांग्रेसका नरेन्द्रकुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो...
जेष्ठ ४ गते, २०७९ - १७:१३
न्युयोर्क । अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ । अमेरिकाको सबैभन्दा ठूलो सहरको रुपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थ...
जेष्ठ ४ गते, २०७९ - १६:५७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारले संविधानको मर्म र भावनाअनुसार समाजवाद उन्मुख बजेट ल्याउन...
जेष्ठ ४ गते, २०७९ - १५:३३
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन्द्र साहले १७ हजार ५५८ मत ल्याएर अग्रता कायमै र...
जेष्ठ ४ गते, २०७९ - १५:१६
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा ...
जेष्ठ ४ गते, २०७९ - १४:४८
पेट्रोलियम पदार्थको खपत घटाउने, वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिनुपर्ने
प्रतिकृया लेख्नुहोस्: