Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कावासोतीबाट कात्तिक मसान्तसम्म ७ अर्ब ७६ करोड राजस्व सङ्कलन

खबरडबली संवाददाता

नवलपुर । आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा रु एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो । 

कार्यालयले कात्तिक मसान्तसम्म रु पाँच अर्ब ८१ करोड ४२ लाख ६६ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु सात अर्ब ७६ करोड ३१ लाख ७१ हजार राजस्व सङ्कलन गर्न सफल भएको अधिकारीले जानकारी दिए । कार्यालयले सङ्कलन गरेको राजस्व लक्ष्यको तुलनामा १३३ दशमलव ५२ प्रतिशतले हुन आउने उनले बताए । कार्यालयले सबैभन्दा बढी राजस्व अन्त:शुल्क शीर्षकमा असुली गरेको छ । 

प्रथम चौमासिकमा अन्त:शुल्क शीर्षकमा रु पाँच अर्ब ५६ करोड ५२ लाख ४८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको कार्यालयले रु सात अर्ब ४८ करोड ९४ लाख ८६ हजार राजस्व सङ्कलन गरेको अधिकारीले बताए । त्यस्तै कार्यालयलले आयकर शीर्षकमा रु १३ करोड ९७ लाख ८७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा रु नौ करोड ८८ लाख १२ हजार, ब्याज शीर्षकमा रु एक करोड ७६ लाख १८ हजार, स्वास्थ्य सेवा शीर्षकमा रु एक करोड आठ लाख ७० हजार, घरबहाल कर शीर्षकमा रु ६५ लाख ३५ हजार तथा शिक्षा शीर्षकमा रु ६३ हजार राजस्व सङ्कलन गरेको छ । 

कार्यालयले स्वास्थ्य सेवा शीर्षकमा लक्ष्यको तुनालमा ३९२ प्रतिशत, आयकरमा लक्ष्यको तुलनामा १५३ प्रतिशत र अन्त:शुल्क शीर्षकमा १३४ प्रतिशत प्रगति हासिल गरेको छ । त्यसैगरी घरबहाल कर, ब्याज, मूल्य अभिवृद्धि कर र शिक्षा शीर्षकमा भने कार्यालयले लक्ष्यअनुसारको प्रगति भेटाउन नसकेको अधिकारीले बताए  । कार्यालयले घरबहाल करमा ८९ प्रतिशत, मूल्य अभिवृद्धि करमा ८० प्रतिशत, ब्याजमा ७५ प्रतिशत र शिक्षामा तीन प्रतिशत मात्रै प्रगति हासिल गरेको अधिकारीले बताए । 

आन्तरिक राजस्व कार्यालय कावासोतीले नवलपरासी (बर्दघाट–सुस्तापूर्को) राजस्व सङ्कलन गर्दै आएको छ । कावासोतीमा आन्तरिक राजस्व कार्यालय स्थापना हुनु अगाडि यहाँका करदाताले आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा राजस्व दाखिला गर्नुपर्ने बाध्यता थियो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies