जनकपुर । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ ।
विश्व हिन्दू परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरीलगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो ।
सीताराम विवाह पञ्चमी महोत्सव सकिएलगत्तै मन्दिर परिसरमा आयोजित सामूहिक विवाह समारोहमा विभिन्न जातजातिका जोडीको विवाह गराइएको विश्व हिन्दू परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए ।
विश्व जगत्मा जनकपुरस्थित जानकी मन्दिर प्रसिद्ध विवाहस्थलका रूपमा रहेको प्रचार–प्रचारसँगै विकास गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सामूहिक विवाह समारोह आयोजना गरिएको अध्यक्ष साहले बताए ।
विवाह समारोहमा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवलगायतले नवविवाहिता जोडीलाई सुखद् दाम्पत्य जीवनको शुभकामना दिए ।
विश्व हिन्दू परिषद् नेपालले विगत चार वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलिपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ । अघिल्लो वर्ष कोरोना सङ्क्रमणका कारण सामूहिक विवाह समारोह गर्न सकिएको थिएन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०७९ - २२:०३
काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । का...
आषाढ़ १६ गते, २०७९ - २१:४८
कर्णाली । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई बढाउनुका साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरता ...
आषाढ़ १६ गते, २०७९ - २१:३६
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ अपाङ्ग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना हुँदा एकको जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।...
आषाढ़ १६ गते, २०७९ - २१:२९
काठमाडौँ । निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रदेशस्तरीय तथा केन्द्रीयस्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्...
आषाढ़ १६ गते, २०७९ - २१:१९
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीलाई विधानअनुसार चलाउन नसकेको जनाएका छन् । आज (बिहीबा...
आषाढ़ १६ गते, २०७९ - २०:५९
जेनेभा । विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्...
आषाढ़ १६ गते, २०७९ - २०:५१
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमि...
आषाढ़ १६ गते, २०७९ - १५:१२
काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखे...
आषाढ़ १६ गते, २०७९ - १४:५२
जेरुसेलम । इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् । प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस–पार्टी गठबन्धनले संसदमा ब...
आषाढ़ १६ गते, २०७९ - १४:४१
किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले उत्तर एटलान्टिक सन्धी संगठन, नेटोको एक सम्मेलनलाई सम्बोधन गर्दै रुसविरुद्ध लड्न युक्रेनका लागि थप स...
प्रतिकृया लेख्नुहोस्: