Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

बेमौसमी तरकारीबाट मनग्य आम्दानी

खबरडबली संवाददाता

मान्मा । बेमौसमी तरकारी खेतीबाट कालीकोटका किसानले मनग्य आम्दानी लिन थालेका छन् । 

कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) ले बेमौसमी तरकारी खेती गर्ने किसानलाई आर्थिक सहयोग गर्न थालेपछि उनीहरुले मनग्य आम्दानी लिन थालेका हुन् । सो कार्यक्रमअन्तर्गत कृषक समूहका हरेक सदस्यलाई ५० प्रतिशत अनुदान रकम उपलब्ध गराउँदै आएको छ । जिल्लाको खाँडाचक्र, रास्कोट र तिलागुफा नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रमका कृषि प्राविधिक अनिपाल ऐडीले बताए  । “खाँडाचक्र नगरपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा मात्र बेमौसमी तरकारी मूल्य शृङ्खलाअन्तर्गत ११ वटा कृषक समूहका ३०३ घरधुरी समूहमा आबद्ध रहेका छन्”, उनले बताए, “समूहमा आबद्ध रहेका सदस्यलाई थोपा सिँचाइसहितको प्लास्टिक टनेल, तरकारीको बीउ र जैविक विषादी उपलब्ध गराउनुका साथै प्रत्येक समूहमा सिँचाइ पोखरीसमेत निर्माण भएका छन् ।”

बेमौसमी तरकारी खेती मात्र नभएर पशुपालनका क्षेत्रमा पनि यस कार्यक्रमले सहयोग गर्दै आएको छ । सो कार्यक्रमअन्र्तगत दुग्ध मूल्य शृङ्खला विकास कार्यक्रम सञ्चालन गरिएको कृषि प्राविधिक ऐडीले बताए  । “दुग्ध उत्पादनका लागि ४ वटा भैँसीपालन कृषक समूहका ९६ कृषक सदस्य आबद्ध छन्”, उनले भने, “यो कार्यक्रमबाट एक/एक रोपनी बराबर उन्नत जातको घाँस खेती, घाँस काट्ने मेसिन र भैँसीको गोठ सुधार तथा प्रत्येक समूहमा एक/एक वटा नश्ल सुधारका लागि उन्नत जातको राँगोसमेत दिइएको छ ।”

सङ्घीय कृषि तथा पशुन्छी मन्त्रालयअन्तर्गतको यो कार्यक्रम ६ वर्षसम्मका लागि सञ्चालनमा रहेको बताइएको छ । बेमौसमी तरकारी खेतीका लागि यो कार्यक्रमले किसानलाई आर्थिक सहयोग प्रदान गरेकाले उनीहरु यसको खेतीतर्फ आकर्षित भएको खाँडाचक्र नगरपालिका–२ गैरागाउँका किसान हजुरा विष्टले बताए । “कृषक समूह र तरकारी बिक्री वितरण गर्ने व्यापारीबीच सिधै सम्झौता भएको छ । यसले उत्पादित तरकारीको बजारको अभाव हुँदैन्”, उनले भने, “हामीले उत्पादन गरेको तरकारी खेर जान नसक्ने भएकाले किसान बेमौसमी तरकारीतर्फ आकर्षित भएका हुन् ।” 

यहाँ उत्पादित तरकारी खरिदका लागि व्यापारीहरु किसानको बारीमा नै पुग्ने गरेको किसान विष्टको भनाइ छ । “हामीले उत्पादन गरेको तरकारी खरिद गर्नका लागि व्यापारीहरु खेतबारी मै आउने गरेका छन्”, उनले भने, “तरकारी खेर नजाने भएका कारणले हामीले कृषक समूह बनाएर व्यावसायिक तरकारी खेती गर्न तिर लागेका छौँ ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending