Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

जग्गाको राजस्व सङ्कलनमा वृद्धि: अभिलेखीकरण सुरक्षाका लागि बजेट अभाव

खबरडबली संवाददाता

नवलपुर । नवलपरासी–बर्दघाट–सुस्तापूर्वमा जग्गाको रजिष्ट्रेशनमा वृद्धि भएको छ । 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिना जग्गा रजिष्ट्रेशनमा वृद्धि भएको मालपोत कार्यालय कावासोतीले जनाएको छ । चालु आवको कात्तिक मसान्तसम्म जिल्लामा चार हजार ५७९ वटा जग्गाको रजिष्ट्रेशन भएको कार्यालयका प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले जानकारी दिए । 

उनका अनुसार चालु आवको पहिलो चार महिनामा तीन हजार ८२७ जनाले जग्गाको लालपुर्जा धितो राखेर ऋण लिएका छन् । गत आर्थिक वर्षमा आठ हजार ९३६ वटा जग्गाको रजिष्ट्रेशन भएको थियो भने सो अवधिमा नौ हजार १७९ जनाले जग्गा धितो राखेर ऋण लिएको थियो । 

जग्गाको कारोबारबापत मालपोत कार्यालय कावासोतीले चालु आवको पहिलो चौमासिकमा रु ११ करोड ८० लाख १७ हजार १९९ राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले घरजग्गा रजिष्ट्रेशनबापत रु नौ करोड ४४ लाख एक हजार १९९, अन्य प्रशासनिक सेवा शुल्कबापत रु दुई करोड २७ लाख १३ हजार २७५ तथा अन्य राजस्व शीर्षकमा रु नौ लाख दुई हजार ७२५ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख दौल्यालले जानकारी दिए । उनका अनुसार सङ्कलित राजस्वमध्ये घरजग्गा रजिष्ट्रेशन दस्तुरको ६० प्रतिशत रकम सम्बन्धित स्थानीय तह र ४० प्रतिशत दस्तुर प्रदेश सरकारलाई जान्छ । 

“हाम्रो काम राजस्व सङ्कलन गर्ने र तीनै तहका सरकारलाई बुझाउने मात्रै छ”, कार्यालय प्रमुख दौल्यालले भने, “घरजग्गा रजिष्ट्रेशनको दस्तुर जुन पालिकाको घरजग्गा रजिष्ट्रेशन गरिएको सोही पालिकालाई ६० प्रतिशत जान्छ बाँकी ४० प्रतिशत रकम प्रदेश सरकारलाई बुझाउँछौँ ।” उनका अनुसार पूँजीगत लाभकर सिधै अर्थमन्त्रालयको खातामा जान्छ भने अन्य राजस्व र प्रशासनिक सेवा शुल्क प्रदेश सरकारको खातामा जम्मा गर्नुपर्ने हुन्छ । कार्यालयले करोडौँ राजस्व सङ्कलन गर्दा पनि कार्यालयले खर्च गर्न नपाउँदा लिखतहरुको सुरक्षामा समस्या आएको प्रम्ुख दौल्यालको भनाइ छ । 

“हाम्रो अभिलेखीकरण सुरक्षाका लागि कुनै पनि सरकारले बजेटको व्यवस्था गरेको छैन”, उनले भने, “यहाँ दर्ता हुने लिखतहरुसहित महत्वपूर्ण कागजपत्रको सुरक्षाका लागि कतैबाट पनि बजेट आउँदैन । हाम्रो आन्तरिक आम्दानी सबै बुझाउनुपर्छ तर यी महत्वपूर्ण कागजपत्र सुरक्षित गरेर राख्नै कठिन अवस्था सिर्जना भएको छ ।” अभिलेखीकरण सुरक्षाका लागि पनि सरकारले समन्वय गरेर बजेट छुट्याइ दिनुपर्ने उनको भनाइ छ । 

कार्यालयले गत आवमा जग्गा रजिष्ट्रेशन, पूँजीगत लाभकर, धितो बन्धक, पुर्जा बिक्री गरी जम्मा रु ४० करोड ७३ लाख ६ हजार ८७२ राजस्व सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले जग्गा रजिष्ट्रेशनबापत रु ३३ करोड १८ लाख ७७ हजार २३८, पूँजीगत लाभकरबापत रु १५ लाख ३२ हजार, दृष्टि बन्धक (धितो) बापत रु सात करोड २१ लाख ४५ हजार ४००, पुर्जा बिक्रीबापत दुई लाख १२ हजार ५०० तथा अन्य कर बापत रु ३० लाख ७१ हजार ७८४ राजस्व सङ्कलन गरेको प्रमुख मालपोत अधिकृत दौल्यालले बताए । उनका अनुसार महिला, एकल महिला, दलित, शहीद परिवार, ज्येष्ठ नागरिक, अपाङ्ग, सरकारी निकायलगायतको नाममा घरजग्गा रजिष्ट्रेशन गर्दा नियमानुसार २५ देखि ७५ प्रतिशतसम्म राजस्व छुट हुन्छ । 

त्यसैगरी कुनै व्यक्तिले जग्गाको कारोबार गर्दै आएकामा उसले जग्गाको बिक्रीबापत कमाएको आम्दानीबाट सरकारलाई पूँजीगत लाभकर तिर्नुपर्छ । जग्गाको कारोबार गर्ने व्यक्तिले जग्गा किनेको मूल्य र बिक्री गरेको मूल्यमा हिसाब गरेर नाफा गरेको रकमको २.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने प्रमुख मालपोत अधिकृत दौल्यालले बताए । “पूँजीगत लाभकर जग्गा बिक्री गर्ने व्यक्तिले तिर्ने हो”, उनले भने, “जग्गा किनेर पाँच वर्ष नपुग्दै बिक्री गरेको अवस्थामा ५ प्रतिशत तथा पाँच वर्षपछि बिक्री गरेको अवस्थामा २.५ प्रतिशत पूँजीगत लाभकर सरकारलाई तिर्नुपर्छ ।”  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy