काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रु छ कारोड आठ लाखभन्दा बढी पुरानो बक्यौता रकम असुल गरेको छ । विगत २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताले रकम बुझाउन आलटाल गरेकाले कामपाले गत साउनमा तिनको नाम सर्वजनिक गरेको थियो ।
दुई चरणमा गरी ५२ ठूला करदातको नाम सार्वजनिक गरिएकामा हालसम्म ११ करदाताले बक्यौता रकम चुक्ता गरेका छन् । यसरी रकम चुक्ता गर्नेमा जिग्मी सिग्मी पर्वल विष्ट, राजेन्द्रकुमार कावरा, शहीद मेमोरियल हस्पिटल, होटल मस्र्याङ्दी, बुद्ध महल, केशा प्रोपर्टिज प्रालि, सुरज आर्केट, बैशाली प्रालि, शुभश्री कोअपरेटिभ प्रालि, कान्तिपुर होटल, गोपिकृष्ण कम्प्लेक्स प्रालि रहेका छन् ।
शुभकामना हाउजिङ डेभलर्पस प्रालि, एनआरटी क्लब, युनाइटेड वल्ड ट्रेड सेन्टर, काठमाडौँ इन्जिनीयरिङ कलेज, नेशनल अस्पताल, एलआरआई स्कुल, जनमैत्री अस्पताल, प्रवीणबहादुर केसी, स्टार महल, केजे प्रोपर्टिज प्रालिले भने आंशिक रुपमा बक्यौता रकम बुझाएका छन् । अन्य धेरैले आफ्नो व्यवसाय वा कार्यालयको विवरण मात्र बुझाएका छन्। कामपा राजस्व विभाग प्रमुख डा शिवकुमार अधिकारीका अनुसार धेरैले अझैपनि कर बुझाउन आलटाल गरिरहेकाले आगामी पुसदेखि बाँकी सबैलाई पुन: कडाइ गरिनेछ ।
पटक पटकको सूचनालाई अटेर गर्ने र प्रक्रियामा समेत नआउनेलाई अब उपलब्ध हुने सबै सेवा बन्द गरिने पनि उनले जानकारी दिए । अहिले सम्पर्कमा आउनेमध्ये केहिले पहिलो किस्तास्वरूप केही रकम बुझाएका छन् भने केहीले विवरण पेस मात्र गरेका छन् । केहीले विवरण पेस गर्ने समय माग गरेका छन् ।
कतिपयलाई समय तोकी बोलाइए पनि अझै सम्पर्क गरेका छैनन् । “अझै पनि धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन् । विवरण दिएपछि कानुनी रूपमा करको दायरामा आउनुपर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन मान्दैनन्”, प्रमुख डा अधिकारीले भने । समयमै कर तिरेन भने प्रत्येक वर्ष दश प्रतिशतका दरले जरिवानास्वरूप रकम वृद्धि हुँदै जान्छ तर विगतको दुई वर्षमा भने कोरोनाका कारण करदातामा समस्या परेकाले जरिवानामा छुट दिए पनि करदाता सम्पर्कमा नआएपछि कामपाले ताकेता गर्न थालेको हो ।
धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन् तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट रु ७० करोड असूल गर्ने तयारीस्वरूप अहिले अभियान नै चलाइएको छ ।डा अधिकारीले भने, “सम्पर्कमा नआउनेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असूल गर्ने प्रक्रिया अगाडि बढाउँछौ ।” कामपाले यसवर्ष रु १० अर्ब २३ करोड रकम असूल गर्ने लक्ष्य लिएको छ । गत असोज १ गतेदेखि अनलाइन प्राणलीमार्फत् राजस्व सङ्कलन गरिरहेकामा हाल अनलाइनमा १६० करदाता जोडिएका जनाइएको छ । अनलाइनमार्फत हालसम्ममा १०० जनाले कर बुझाएका छन् । “यस व्यवस्थाले करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ तर कातिपय यस विषयमा जानकार नहँुदा अझै पनि धेरैले कार्यालयमा नै आएर कर तीर्ने गरेका छन्”, उनले बताए ।
कर आफ्नै खाताबाट सिधँै तिर्नका लागि सेवाग्राहीले वडा कार्यालयको राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण भरेर करदाता सङ्केत नम्बर लिनुपर्ने हुन्छ । अघिल्लो वर्ष नै सोही प्रविधि प्रयोग गरी कर तिरेको भए रसिदबाट समेत करदाता सङ्केत नम्बर र आन्तरिक सङ्केत नम्बर लिन सकिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: