Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

अध्यक्ष दाहालद्वारा ओलीलाई पूर्व राजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको प्रमाणित गर्न चुनौती

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रसँग पाँचबुँदे सहमति भएको भनी नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले लगाएकाे आरोप प्रमाणित गर्न चुनौती दिएका छन्  । 

उनले भनेका छन्, “म केपी ओलीलाई पाँचबुँदे सहमति प्रमाणित गर्न चुनौती दिन्छु ।” अध्यक्ष प्रचण्डले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष ओलीले गरेको प्रचार गलत रहेको भन्दै  खण्डन गरेका हुन् । साथै अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा एमाले अध्यक्ष ओलीलाई माक्र्सवाद र कम्युनिस्ट सिद्धान्तबाट धेरै पर पुगेको भनी आरोप पनि लगाएका छन् ।

एमाले अध्यक्ष ओलीले बुधबार एक कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको बताएका थिए । अध्यक्ष प्रचण्डले सो विज्ञप्तिमा अध्यक्ष ओलीको सो प्रचार झूठो हो भन्दै त्यसबाट भ्रमित नहुनसमेत सबैसँग अनुरोध गरेका छन् । 

अध्यक्ष प्रचण्डले आफूले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणी भन्दै आजको पूँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको पनि सो विज्ञप्तिमार्फत् दाबी गरेका छन् । 
 
लगानीकर्ताको पक्षमा छौँ 

अध्यक्ष प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफू स्पष्ट रहेको र लगानीकर्ताको हितमा रहेकोसमेत उल्लेख गरेका छन्  । उनले भनेका छन्, “नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौँ लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।” उनले झूठो प्रचारबाट भ्रमित नहुन सम्पूर्ण शेयर लगानीकर्ता जनसमुदायलाई अनुरोध पनि गरेका छन्  ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies