Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

स्वास्थ्य संस्थामा सुत्केरी हुने बढे

खबरडबली संवाददाता

खलङ्गा । घरमै सुत्केरी हुने पुरानो परम्परालाई तोड्दै जुम्लाले ग्रामीण भेगका महिला पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जिल्लालाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङख्या बढ्दै गएको हो । स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकाले घरमै सुत्केरी गराउने दरमा कमी आएको छ ।

घरमा सुत्केरी गराउँदा रक्तस्राव धेरै हुने, साल फुक्न नसक्नेलगायतका समस्या आउने गरेका थियो । अहिले स्वास्थ्य संस्थामा दक्षस्वास्थ्यकर्मीद्वारा सुत्केरी गराउन थालेपछि स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भइरहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । उनले भने, “गर्भावस्था र सुत्केरी अवस्थाका बारेमा नागरिक जागरुक बन्दै जानु र सरकारले पनि प्रोत्साहनको व्यवस्थापन गरेकाले यहाँका महिला स्वास्थ्य संस्थामै सुत्केरी हुने गरेका छन् ।”

नियमित गर्भजाँच गर्नेदेखि स्वास्थ्यकर्मीको परामर्शका आधारमा स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भइरहेको उनको भनाइ छ । स्थानीयवासीले पनि सुत्केरी सेवालाई प्रोत्साहन गर्न संस्थागत सुत्केरीयुक्त वडा घोषणा र पोषण सुधारका कार्यक्रम सञ्चालन गरेको तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई हजार १२३ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन् । तीमध्ये एक हजार ५१२ जनाले तालिम प्राप्त स्वास्थ्यकर्र्मीबाट सुरक्षित प्रसूति सेवा लिएका हुन् । ६११ जनाले सामान्य रुपमा प्रसूति सेवा लिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको हालसम्ममा ५३३ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन् । तीमध्ये ३९६ जनाले तालिम प्राप्त स्वास्थ्यकर्र्मीबाट र १३७ जनाले सामान्य रुपमा सुरक्षित प्रसूति सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका सिनियर अनमी मोर्चा शाहीले जानकारी दिए  । 

जिल्लामा २६ बर्थिङ सेन्टर र ३० वटा स्वास्थ्य संस्था रहेका छन् । घरमा सुत्केरी हुँदा हुने जोखिम र स्वास्थ्य संस्थामा हुने फाइदा जानेपछि पछिल्लो स्वास्थ्य संस्थामा जाने महिलाको सङ्ख्यमा वृद्धि भइरहेको गुठिचौर गाउँपालिका–३ का अप्पसरा न्यौपानले बताए । 

सुरक्षित प्रसूति सेवा केन्द्र, अस्पताल तथा स्वास्थ्य संस्थामै गएर तालिम प्राप्त दक्षजनशक्तिबाट प्रसूति सेवा लिन थालेपछि अहिले मातृ तथा बाल मृत्युदरमा कमि आएको महिला स्वास्थ्य स्वंयसेविका गोरीकला बस्नेतले बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies