Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

घिरिङमा एक घर एक धारा अभियान

खबरडबली संवाददाता

दमौली । तनहुँको घिरिङ गाउँपालिकामा एक घर एक धारा अभियानलाई तीव्र पारिएको छ । हालसम्म खानेपानी सुविधा नपुगेका गाउँमा स्वच्छ खानेपानी पुर्‍याउन गाउँपालिकाले एक घर एक धारा अभियानलाई तीव्रता दिएको हो । खोला तथा पधेराको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरघरै धारा आएपछि हर्षित छन् । 

अभियानअन्तर्गत वडा नं–५ स्थित च्याचुल गाउँमा खानेपानी सुविधा पुगेको छ । समुन्द्र सतहबाट एक हजार ५० मिटर उचाइमा अवस्थित उक्त गाउँमा अलैची खानेपानी योजना निर्माण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए । गाउँपालिकाको रु ६२ लाखको लागतमा निर्माण गरिएको सो योजनाबाट ४६ घरधुरीमा खानेपानी विस्तार गरिएको छ । 

गत वर्षदेखि निर्माण सुरु गरिएको खानेपानी योजना कोरोना सङ्क्रमणका कारण केही समय ढिला भएको थियो । “कोरोना न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीमा पनि उपभोक्ताबाट निरन्तर काम भएको थियो,” उनले भने, “घरघरमै खानेपानी सुविधा पुगेपछि स्थानीयवासी खुसी छन् ।” घरघरमै धारा जडान भएको खुसीयालीमा उनीहरूले नाचगानसमेत गरेका छन् ।

धारा नहुँदा यहाँका बासिन्दालाई खानेपानीका लागि कुवा र पधेराको भर पर्नुपर्दा बिहानैदेखि पानीको जाहो गर्नुपर्ने  चिन्ता हुन्थ्यो । अहिले घर घरमै धारा पुगेपछि  अब उनीहरूलाई उक्त चिन्ता हटेको छ । 

गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले खानेपानीको सुविधा नपुगेका हरेक घरमा पानी पुर्‍याउने लक्ष्यका साथ अगाडि बढेको र सुविधा नपुगेका ठाउँमा एक घर एक धारा अभियान सञ्चालन गरिएको उनको भनाइ थियोे । 

गण्डकी प्रदेश सरकार, गाउँपालिका, पश्चिम नेपाल निर्वाचन क्षेत्र विकाश कार्यक्रमलगायतको  सहयोगमा खानेपानी सुविधा नपुगेका गाउँबस्तीमा खानेपानी पुर्‍याउने अभियान सञ्चलन गरिएको हो । हालसम्म गाउँपालिकाका एक हजार ७०० घरधुरीमा एक घर एक धारा पुगेको र ४५० घरधुरीमा धारा पुग्ने तयारीमा छ । 

घिरिङ गाउँपालिका–१ स्थित पल्लो गढीगाउँ, पोख्रेलटोल, लामादी, खापा पुट्टार, जगौली र पुत्गाउँमा खानेपानी सुविधा पुगिसकेको छ भने कटहरे, बैडी, भन्सार, अत्रौली पुट्टारमा खानेपानीको काम भइरहेको छ । 

प्रादेशीक  भौतिक पूर्वाधार विकास मन्त्रालयको रु दश करोड ६० लाख ६७ हजार ९०९ को लागतमा पाँच वटा योजना निर्माणाधीन अवस्थामा छन् । प्रथम योजनाअन्तर्गत कटहरेमा रु दुई करोड पाँच लाख ८३ हजार एक ११९, दोस्रो योजनाअन्तर्गत पुट्टारमा रु दुई करोड १४ लाख ६८ हजार ६२१, तेस्रो योजनाअन्तर्गत बैडीमा रु चार करोड आठ लाख १३ हजार ४२४, चौँथो योजनाअन्तर्गत भन्टारमा रु ५९ लाख १०४ र पाँचौँ योजनाअन्तर्गत अत्रौलीमा रु एक करोड ७३ लाख दुई हजार ६४० को लागतमा खानेपानी योजना निर्माण हुँदैछ ।

वृहत खानेपानी योजनाबाट ५९७ घरधुरी लाभान्वित हुने भएका छन् । डिभिजन खानेपानी कार्यालयका अनुसार कटहरेका ८६, पुट्टारका ८५,  बैडीका २४२, भन्टारका ३९ र अत्रौलीका १४५ घरधुरी लाभान्वित हुनेछन् ।स्थानीयवासीले दश प्रतिशत श्रमदान गर्नुपर्ने यी  सबै योजना विसं २०७९ असार २४ सम्म सम्पन्न गर्र्नुपर्ने संझौतामा उल्लेख छ । 

घिरिङ–२स्थित देउराली, छानुङ, आरामकोट, बोहोछाप, दुम्कोट, घुर्लीछाप, माहोरकोट, कोलडाँडा, घ्याछाप, फलानठाँटी, काठेकोट, छानुङमानुङ, गजरकोटमा प्रत्येक घरमा खानेपानी सुविधा पुगेको छ । सोही वडाको भोरकोटामा खानेपानी आयोजना निर्माण सम्पन्न हुने चरणमा छ । 

घिरिङ–३ स्थित काफलडाँडा, सिलिङखोला, लामोचौतारी, बाहुनचौतारी, घिरिङ हटिया, गैराथोक, डाँडाथोक, आर्चमबासका प्रत्येक घरधुरीमा खानेपानी सुविधा पुगेको छ भने नेवापानी, पोखरीछापमा खानेपानी योजना निर्माणाधीन अवस्थामा छ । घिरिङ–४ स्थित कोटसाभुङ, धाब्दी, बट्यौलीटारमा घरघरमा खानेपानी पुगिसकेको र रामकोट, ठामडाँडा, फूला सिफ्लुङ, करुवाटार, पुर्कोटमा सो योजना सम्पन्न हुने चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies