Ntc summer Offer
Khabar Dabali ३२ जेष्ठ २०८२ शनिबार | 14th June, 2025 Sat
Investment bank

इजरायली सेनाद्वारा वेस्ट बैंकमा भएको गोलीकाण्डमा संलग्न ४ संदिग्ध पक्राउ

रासस

जेरुसेलम । इजरायली सेनाले आइतवार आफ्नो सेनाले कब्जा गरेको वेस्ट बैंकमा एक घातक गोलीबारीमा भाग लिएको विश्वास गरिएका चार प्यालेस्टाइनी संदिग्धहरूलाई पक्राउ गरेको छ ।

बिहीबारको घटनामा कम्तिमा एक प्यालेस्टिनी बन्दुकधारीले वेस्ट बैंकको बस्ती चौकीको छेउमा यहूदी सेमिनरीका विद्यार्थीहरूले भरिएको कारमा गोली चलाएको थियो । उक्त घटनामा इजरायली सरकारले गैरकानुनी मानेको होमेश नजिकै २५ वर्षीय येहुदा डिमेन्टम्यानको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।

सेनाले संदिग्धहरूलाई जेनिन नजिकैको सिलाट अल(हारेतियाको उत्तरी वेस्ट बैंक गाउँमा पक्राउ गरिएको थियो र थप अनुसन्धानको लागि सुरक्षा बललाई हस्तान्तरण गरिएको गरेको जनाएको छ ।

इजरायली सीमा प्रहरीले आक्रमणकारीसँगै राइफल र गोलाबारुदको भण्डारको तस्वीरहरू पनि सार्वजनिक गरेको छ ।
इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटले आतङ्ककारिको पक्राउका लागि सुरक्षा बलहरूलाई बधाइ दिएका छन् ।
इजरायल(प्यालेस्टिनी हिंसाको एक हफ्ता पछि यो घटना देकीएको हो  । यस महिनाको शुरुमा एक प्यालेस्टिनी आक्रमणकारीले जेरुसेलमको पुरानो शहर बाहिर एक अल्ट्रा(अर्थोडक्स यहूदीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएको थियो।  त्यसको ठीक एक हप्ता अघि एक हमास लडाकुले पुरानो शहरमा गोली चलाउँदा एक इजरायलीको मृत्यु भयो ।

इजरायलले १९६७ मध्यपूर्व युद्धमा पूर्वी जेरुसेलम र वेस्ट बैंक कब्जा गरेको थियो र उक्त  क्षेत्रहरूमा हाल ७००,००० इजरायली बसोबास गर्ने घरहरू छन्। धेरैजसो अन्तरराष्ट्रिय समुदायले इजरायली बस्तीहरूलाई शान्ति स्थापनाका निम्ति  अड्चन ठान्छन् । प्यालेस्टाइनीहरूले पूर्वी जेरुसेलम र वेस्ट बैंकलाई भावी स्वतन्त्र राज्यको रूपमा खोजिरहेका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending