Ntc summer Offer
Khabar Dabali ७ कार्तिक २०८१ बुधबार | 23rd October, 2024 Wed
Investment bank

विद्यालयमै १६ हजार बढीलाई कोरोना विरुद्धको मोर्डना खोप

खबरडबली संवाददाता

कञ्चनपुर । कोरोना महामारीबाट किशोर किशोरीलाई जोगाउनका लागि जिल्लाका सबै विद्यालयमै खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । खोप कार्यक्रमअन्र्तगत स्वास्थ्यकर्मीले विद्यालयमै पुगेर १२ वर्ष देखि १७ वर्ष (२०६१ साल मङ्सिर देखि २०६६ साल मङ्सिरमा जन्मेका) उमेर समूहका किशोर किशोरीलाई कोरोना विरुद्धको मोर्डना खोप लगाउन थालिएको हो ।

खोप लगाउन थालिएको दुई दिनको अबधिमै १६ हजारभन्दा बढीलाई खोपको पहिलो मात्रा लगाइएकोे स्वास्थ्य कार्यालयका अधिकृत जनक कुवँरले बताए। “किशोर किशोरीलाई मोर्डना कम्पनीको कोरोना विरुद्धको पहिलो खोप लगाउन ६० हजार ३३३ मात्रा (डोज) उपलव्ध गराईएको छ” उनले भने, “स्वास्थ्यकर्मीलाई विद्यालयमै खटाएर विद्यार्थीलाई खोप लगाउने कार्य दु्रतरुपमा अगाडी बढाएका छौं ।”

खोप कार्यक्रमका लागि जिल्लाका नौवटै स्थानीय तहका स्वास्थ्य शाखासँग समन्वय गरी खोप उपलव्ध गराइएको छ भन्दै अधिकृत कुवँरले गत वर्ष गरिएको सर्भेक्षणमा १२ देखि १७ वर्षसम्मका किशोर किशोरीको संख्या ६५ हजार ५००छ  तर गत वर्षको तुलनामा खोप लगाउने किशोर किशोरीको संख्यामा केही बृद्धि भएको अनुमान गरिएको जानकारी दिए । 

अपुग खोप मागका आधारमा तुरुन्तै उपलव्ध गराउने व्यवस्थासमेत गरिएको र खोप कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि अनुगमनको कार्य समेत भैरहेको उनको भनाइ थियो । खोप लगाएकाहरूमा  हालसम्म कुनै नकारात्मक असर देखिएको छैन । विद्यालयमा अध्ययनरतबाहेक अन्यको हकमा स्वास्थ्य संस्थामा जन्मदर्ताको प्रमाणपत्र देखाई खोप लगाइने बताइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy