Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

६ वर्षमा पनि बनेन हापुरखोलाको पुल

खबरडबली संवाददाता
दाङ । दाङको कोठरी–डुरुवा जोड्ने हापुरखोलाको पुलको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझैसम्म निर्माण कार्य पूरा हुन सकेको छैन ।
 
समयमा पुल नबनेका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भएको बताइएको छ । निर्माण कार्य शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य भएका हुन् । विसं २०७२ मा सो पुलको निर्माण सम्झौता भएको थियो । निर्माण व्यवसायीको लापरवाही र पुल बन्ने स्थानमा जग्गा विवादले गर्दा पुल निमार्णको काममा ढिलाइ भएको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए  । 
 
उनका अनुसार उक्त पुल निर्माणका लागि छ वर्षअघि रु १३ करोडमा सूर्य कन्ट्रक्सन निर्माण कम्पनी सुर्खेतलाई जिम्मेवारी दिएको र सो कम्पन्नीले निर्माणको काम बीचैमै छाडेर दोस्रो कम्पनीलाई निर्माण गर्न जिम्मा दिए पनि सो कम्पनी सम्पर्कविहीन भएपछि निर्माण कार्य रोकिएको छ । 
 
कार्यालयबाट ठेकेदारलाई सम्र्पकगरी तत्काल दुई हप्ताभित्र काम सुरु नगरेमा कम्पनीलाई कालोसूचीमा राख्ने र सूचना प्रकाशित गर्ने चेतावनीसमेत दिएको उनको भनाइ छ । प्रमुख जैसवालले जग्गाधनीले मुअब्जा खोजेकाले निर्माण कार्यमा अवरोध भएको पनि बताए । सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर तथा सूचना अधिकारी अमीर सुवेदीले हालसम्म उक्त पुलको काम ४० प्रतिशत मात्रै सम्पन्न भएको बताए  । तुलसीपुर उपमहानगरपालिका– १५ का सूर्य चौधरीले पुलको अभावमा वर्षात्का समयमा वारपार गर्न निकै कठिनाइ व्यहोर्नु परेको गुनासो गरे । 
 
उक्त पुलको निर्माण सम्पन्न भएमा तुलसीपुर उपमहानगरपालिका– १४ र १५ का हजारौँ स्थानीय बासिन्दा लाभान्वित हुनेछन् । यसअघि सडक डिभिजन कार्यालय दाङले गत आर्थिक वर्षको असार मसान्तमा काम सक्ने गरी काम अगाडि बढिरहेको बताएको थियो तर अझैसम्म उक्त पुल निमार्णको काम अलपत्र अवस्थामा नै छ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending