Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

पोल गाडेको ३ वर्षसम्म पनि पुगेन बिजुली: विभिन्न योजना अलपत्र

खबरडबली संवाददाता

जाजरकोट । अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । 

ठेकेदारले तोकिएको समयमा विद्युत् लाइन विस्तार र पोल गाड्ने काम नगर्दा ठूला योजनादेखि विद्युत्बाट सञ्चालन हुने विभिन्न कार्य अलपत्र परेका छन् । विद्युतीकरण नहुँदा सङ्घीय तथा प्रदेश सरकारको लगानीमा सञ्चालन हुने विभिन्न योजना पनि अलपत्र परेका हुन् । ११ केभी प्रशारण लाइनको पोल गाडेको तीन वर्षसम्म पनि विद्युत् लाइन विस्तार नहुँदा यसबाट सञ्चालन हुने कार्यमा बाधा पुग्दै आएको छ । 

खलङ्गा–बाहुन थाना, पाँच काटियाहुँदै कुशे गाउँपालिकाको विभिन्न ठाउँमा लाइन विस्तारका लागि तीन वर्षदेखि काम नहुँदा विद्युत्बाट हुने काममा बाधा पुगेको हो । त्यस्तै खलङ्गा हुँदै नलगाड नगरपालिका र बारेकोट गाउँपालिका जोड्ने मुख्य लाइन नलगाडको कालीमाटीभन्दा अगाडि बढ्न नसकेपछि अर्को समस्या थपिएको छ । लाइन विस्तारको जिम्मेवारी लिएका ठेकेदारले समयमा काम नगर्दा विकास निर्माणमा समेत बाधा पुगेको हो ।

विद्युतीकरणको अभावमा रु २० लाखमा स्थापना गर्न लागेको प्रि फ्याब प्राविधिकको कोल्डस्टोर (शीतभण्डार) स्थापनामा चुनौती थपिएको छ । कृषि विकास कार्यालय, जाजरकोटले फलफूललाई सुरक्षित बनाउका लागि सहकारी संस्थाबाट प्रस्ताव गत भदौमा मागेको थियो । कार्यालयले मागेको मापदण्डमा फेज लाइन वा विद्युत् सञ्चालन हुने क्षेत्र भनि उल्लेख गरेपछि पहिलो पटकको प्रस्ताव अस्वीकृत भएका थिए । 

फेरि कार्यालयले सोही मापदण्ड राखेर पुस ७ गते दोस्रो पटक सूचना प्रकाशित गरेको छ । दोस्रो पटकको पनि फलफूल उत्पादन हुने क्षेत्रमा विद्युत् नपुगेकाले असफल हुने हो की भन्ने चिन्ता बढेको कुशे गाउँपालिकाका अगुवा किसान शक्तिबहादुर ओलीले बताए । 

“विद्युत् नभएको ठाउँमा शीतभण्डार सञ्चालन हु सक्दैन”, कृषि विकास कार्यालयका प्रमुख रवीन धितालले भने, “पहिला पनि प्रस्ताव माग गरिएको रहेछ, तर मापदण्ड नपुगेर काम हुन सकेन । फेरि पनि प्रस्ताव माग गरेका छौँ, मापदण्ड पुगे काम हुन्छ । नत्र बजेट र्फिता जान्छ ।”

त्यस्तै अघिल्लो वर्ष दूध डेरी स्थापना गर्ने भन्दै पन्चासे सहकारी संस्था नलगाड नगरपालिकाको कालीमटीले रु १६ लाखमा खरिद गरिएको उपकरण विद्युत्कै अभावमा सञ्चालन गर्न सकेको छैन । पशु अस्पताल तथा पशुसेवा कार्यालयको अनुदानमा उक्त उक्त उपकरण सहकारी संस्थाले खरिद गरिएको थियो । दूध उत्पादनका लागि राम्रो क्षेत्र मानिएको नलगाडको लहँ, डाडाँगाउँलाई केन्द्रमा राखेर उक्त मेसिन जडान गरिए पनि कामविहीन भएको छ । सहकारीले आफ्नै लगानीमा जेनेरेटर खरिद गर्न समस्या भएको भन्दै अब केही दिनमा जसरी पनि उक्त मेसिन सञ्चालन गर्नका लागि पहल सुरु भएको प्रबन्धक किशोर रावलले बताए । 

जिल्लास्थित सरकारी कार्यालयको अनुदान सहयोगमा सञ्चालन हुने विभिन्न कार्यक्रम विद्युतीकरणको अभावमा अलपत्र पर्ने गरेको छ । त्यस्तै जिल्लाभरिका स्थानीय तहलेसमेत विभिन्न प्रविधिसँग जोडिएका किसान मैत्री कार्यक्रम सञ्चालन गर्न खोज्दा मापदण्ड नपुगेको भन्दै बजेट फिर्ता हुनेगरेको गुनासो गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण व्यवसायीलाई कारबाही गर्नुको ठाउँमा संरक्षण गर्दै जाँदा जाजरकोटमा अहिलेसम्म सबै ठाउँमा भइसक्ने विद्युतीकरण रोकिएको छ । जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्तिलाई फाइदा पुग्ने गरी ठेक्का दिँदा जिल्लाको विद्युतीकरणमा बाधा पुगेको सर्वसाधारणको गुनासो छ ।

शिवालय, जुनिचाँदे, नलगाड र बारेकोटमा लाइन विस्तारको ठेक्का लागेको चार वर्षपछि बल्ल काम गर्ने भन्दै दुई दिनअघि निर्माण व्यवसायी तेजविक्रम  शाह र निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले सामग्री बुझेर लगेको जाजरकोट वितरण केन्द्रका प्रमुख अविशेक राजले बताए ।

ठेकेदारले केही सामग्री तीन वर्षअघि बुझेर लिए पनि जथाभावी फ्याँक्दा पहिरो तथा खोलाले बगाइसकेको छ । लाइन विस्तारका लागि सबै सामग्री आइसकेकाले अब बहानाबाजी बनाएर काम रोक्ने अधिकार कसैलाई नभएको प्रमुख अविशेकले बताए । त्यस्तै जिल्लाका बडावन, समाइला, चौखामा निर्माण गर्ने भनिएका सवस्टेशनको कामसमेत धिमागतिमा भएकाले जिल्लाको विद्युतीकरणमा समस्या देखिएको हो । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending